काठमाडौँ। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय कारोवार संचालन शुरुवात गरेको अवधि १७ बर्ष पुरा गरी २०७९ श्रावण ०६ गतेबाट १८ बर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो १७ औं वार्षिक उत्सवको अवसरमा २०७९ श्रावण ५ गतेका दिन विरामीहरुको उपचारमा सहयोग पुर्याउने हेतु वैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।