एक्सेल डेभलपमेन्ट बैंक साधारणसभा सम्पन्न, ८.९५ प्रतिशत लाभांश पारित

काठमाडौँ। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकले सोमबार संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा सोहै वार्षिक साधारण सभा सम्पन्न गरेको हो। उक्त सभाले आ.व.२०७७/०७८ को वितरण योग्य संचित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजारको ८.५० प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश शेयर वापतको कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।