काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ता उपलब्ध गराउनको लागि अस्पतालमा कोभिड १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको विवरण उपलब्ध गराउन सबै अस्पतालसँग विवरण माग गरेको छ।
मन्त्रालयले मन्त्रिपरिषदको वैशाख १९ गतेको निर्णयअनुसार कोभिड उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई ६ महिनासम्म सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको हो।
कोरोनाको महामारीमा पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संल...