हराएका दुई बालबालिका फेला

जनकपुर, २९ माघ: प्रहरीले हराएका दुई बालबालिकालाई धनुषाको जनकपुरधामबाट फेला पारेर अभिभावकको जिम्मा लगाएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–१४ मनिपालबाट हराएका दिपिका दासका पाँच वर्षीय छोरा दीक्षान्त र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का बुधनु मुखियाकी ६ वर्षीया छोरी सोनीकुमारीलाई जनकपुरधामबाट फेला पारी अभिभावकको जिम्मा लगाएको छ । दीक्षान्तलाई जनकपुरधाम–९ स्थित […]

सम्बन्धित सामग्री

पाल्पाबाट ४ बालबालिका र २ महिला हराए

पाल्पा जिल्लाबाट भदौ महिनामा मात्र ८ जना बालबालिका हराएका छन् । जसमध्ये ४ जना भेटिएका छन् । बाँकी ४ जना हराइरहेका छन् ।  त्यस्तै ६ जना महिला हराएकोमा ४ जना भेटिएका छन् भने २ जना हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी भदौ महिनामा भएका घटनाबारे जानकारी गराएको हो । प्रहरीका अनुसार भदौ महिनामा हराएका अन्य ४ जना महिला र ४ जना बालबालिका फेला परेका छन् । त्यस्तै भदौ महिनामा जवरजस्ती करणीका २ वटा उजुरी आएको प्रहरीले जनाएको छ । उक्त अवधिमा पाल्पा

रोल्पाबाट ७८ महिला र बालबालिका हराए

काठमाडौँ,२५ साउन । बितेको तीन वर्षमा रोल्पा जिल्लाबाट महिला र बालबालिका गरी ७८ जना हराएका छन् । हराउनेमा १८ बालबालिका र ६० महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ४२ महिला र १८ बालबालिका फेला परेका छन् भने अझै एक ज्येष्ठ नागरिकसहित १८ जना हराइरहेका छन । जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका […]

हराएका बालबालिका फेला पारी आफन्तको जिम्मा

सम्पर्कविहीन रहेका दुई बालबालिकालाई प्रहरीले सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहका अनुसार जनकपुरधाम उपहानगरपालिका–१४ मनिपाल क्षेत्रबाट हराएका पाँच वर्षीय दीक्षान्त दासलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित ब्रह्मपुरी चोकबाट प्रहरीले उद्धार गरेको हो ।त्यस्तै जनकपुरधामको जानकी मन्दिरबाट हराएकी छ वर्षीया सोनीकुमारी मुखियालाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित पुल्चोकबाट शुक्रबार नै खोजतलास गर्ने क्रममा फेला

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये  ९५ बालिका र ३६ बालक छन् ।  जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।   कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएकामध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए ।  गत एक वर्षका अवधिमा २० बालबालिका  हराएका थिए । तीमध्ये तीन बालक, १७  बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् ।  सचेतनाका लागि प्रहरीले सा...

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म लमजुङमा १३१ बालबालिका हराएका छन् । तीमध्ये  ९५ बालिका र ३६ बालक छन् ।

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये  ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।   कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए ।  गत एक वर्षका अवधिमा २० बालबालिका  हराएका थिए  । तीमध्ये तीन बालक, १७  बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् । सचेतनाका

६ महिनाअघि हराएका ३ बालबालिका भारतबाट उद्धार

बाँकेको कोहलपुरबाट ६ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो ।  कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारूका अनुसार उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी,  सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा वादी  छन् ।  रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरिएका ती बालबालिकालाई आज परिवारको जिम्मा लगाइँदै छ ।&nbs

कर्णालीमा तीन वर्षमा १९ सय महिला तथा बालबालिका हराए

सुर्खेत : पछिल्लो तीन वर्षको अवधिमा कर्णालीबाट एक हजार ९०२ जना महिला तथा बालबालिका हराएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार हराएकामध्ये ८६४ जना बालबालिको अवस्था अझै अज्ञात छ। बाँकीलाई भने सुरक्षा निकाय र सामाजिक संघसंस्थाको समन्वयमा उद्धार गरिएको छ।तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा ७९० जना महिला तथा बालबालिका हराएका छन्। हराउनेमध्ये ४१६ जना महिला, १७३ जना बालक र २०१ जना बालिका छन्। तीमध्ये सुर्खेतबाट २९१, दैलेखबाट १३७, जाजरकोटबाट ७७, रुकुमपश्चिमबाट ९६, सल्यानबाट ५५ जना हराएक

कहाँ हराउँछन् बालबालिका ?

काठमाडौं । पछिल्लो सात महिनामा झन्डै २ हजार बालबालिका हराएका छन्। साउनदेखि माघसम्म १ हजार ९ सय ८८ जना हराएकामा ९ सय ९३ मात्रै भेटिएको सरकारी तथ्यांकले देखाएको छ। ९ सय ९५ जना भेटिएका छैनन्। यो अवधिमा १ हजार ५ सय ६३ बालिका र ४ सय २५ बालक हराएका थिए।२ सय २१ बालक र ७ सय ७२ बालिका खोजी गरी परिवारमा पुनर्मिलन गराइएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताए। हराएकामध्ये धेरै बालिका रहेको जनाइएको छ। पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा पनि धेरै बालबालिका भेटिएको देखिँदैन।परिषद्अन

बाँकेमा महिला तथा बालबालिका हराउने क्रम बढ्दो

बाँके । बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् ।  भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ ।जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । केन्द्रको तथ्याङ्कमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ