हराएका बालबालिका फेला पारी आफन्तको जिम्मा

सम्पर्कविहीन रहेका दुई बालबालिकालाई प्रहरीले सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहका अनुसार जनकपुरधाम उपहानगरपालिका–१४ मनिपाल क्षेत्रबाट हराएका पाँच वर्षीय दीक्षान्त दासलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित ब्रह्मपुरी चोकबाट प्रहरीले उद्धार गरेको हो ।त्यस्तै जनकपुरधामको जानकी मन्दिरबाट हराएकी छ वर्षीया सोनीकुमारी मुखियालाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित पुल्चोकबाट शुक्रबार नै खोजतलास गर्ने क्रममा फेला

सम्बन्धित सामग्री

भारतबाट उद्धार गरिएका बालबालिका आफन्तको जिम्मा

सिरहा सदरमुकामबाट चार दिनअघि हराएका दुई बालबालिकालाई भारतबाट उद्धार गरी प्रहरीले बुधबार परिवारको जिम्मा लगाएको छ । गत आइतबारदेखि हराइरहेका सिरहा नपागरपालिका– ६ वसविट्टाका मोहम्मद रजाक मन्सुरकी १४ वर्षीया छोरी किनुडी खातुन र मोहम्मद साहिद मन्सुरको १२ वर्षीय छोरा मोहम्मद अरमान मन्सुरलाई भारतको समस्तीपुरबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको हो । सिरहाकै लिटिल स्टार स्कुलमा …