गर्भवती महिलाको निःशुल्क भिडियो एक्सरे

वासुदेव शर्मा, जाजरकोट । जाजरकोट भेरी नगरपालिकाले गर्भवती आमाको निशुल्क भिडियो एक्सरे गरेको छ । नगर प्रमुख स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत नगर स्वास्थ्य शाखाले भेरी नगरपालिका ११ र १३ वडामा गर्भवती महिलाहरूलाई स्वास्थ्य जाँच र निशुल्क भिडियो एक्सरे गरेको हो । महामारीको बिकराल रूप लिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रहेको बेला गर्भवती आमाको स्वास्थ्य सुरक्षित […]

सम्बन्धित सामग्री

गाउँ गाउँमा ‘मोबाइल भिडियो एक्स–रे’

पर्वत। गर्भवती महिला तथा वृद्धलाई सहयोग पुग्ने गरी पर्वतको जलजला गाउँपालिकाले गाउँ गाउँमा नै पुगेर मोबाइल भिडियो एक्सरे सेवा सुरु गरेको छ । गाउँपालिकाले हालै मात्र वडा नं ३ मल्लाजस्थित स्वास्थ्य चौकीबाट ग्रामीण भिडियो एक्स–रे सेवा शुरु गरेको हो । गाउँपालिकाका अन्य वडामा रहेका स्वास्थ्य चौकीमा पनि समय तालिकाअनुसार पुगेर सेवा प्रवाह गरिने पालिकाले जनाएको […]

बेनी नगरपालिकालाई भिडियो एक्सरे मेसिन सहयोग

म्याग्दी । वनहार्ट वल्डवाइड म्याग्दीको सहयोगमा बेनी नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई लक्षित गरेर भिडियो एक्सरे मेसिन सहयोग भएको छ । बेनी नगरपालिका र वल्डवाइडको सहकार्यमा पोर्टेबल भिडियो एक्सरे मेसिनको सेट सोमबार बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमार्फत गर्भवती महिला र बच्चाको स्वास्थ्य अवस्था पत्ता लगाउन भिडियो एक्सरे मेसिन उपलब्ध गराइएको वनहार्ट […]

नेर्पा स्वास्थ्य चौकीबाट भिडियो एक्सरे सेवा शुरू

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलोपटक भिडियो एक्सरे सेवा शुरू भएको छ । स्वास्थ्य सेवा विभाग र त्रिवेणी गाउँपालिकाको सहयोगमा नेर्पा स्वास्थ्य चौकीमा एक्सरे सेवा सञ्चालन गरिएको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण बुढाले जानकारी दिए । विभागबाट मेशिन प्राप्त भएको र भवन तथा जडानका लागि गाउँपालिकाबाट करीब १२ लाख सहयोग भएपछि सेवा शुरू गरिएको हो । नेर्पा स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा शुरू भएपछि गर्भवती महिला र आपत्कालीन सेवाग्राहीलाई जिल्ला अस्पताल वा दाङ झर्नुपर्ने बाध्यता हटेको छ । सेवालाई थप प्रभावकारी बनाउन शुरूमा अन्यत्रभन्दा सस्तो दरमा सेवा प्रवाह गरिरहेको रेडियो ग्राफर दिनेश महराले बताए । अन्यत्र ५ सयभन्दा बढी लाग्ने एक्सरे सेवा नेर्पा स्वास्थ्य चौकीले ३ सयमै प्रदान गरिरहेको छ । रासस

म्याग्दीको दुर्गम धौलागिरीमा भिडियो एक्सरे सेवा, गर्भवती महिला लाभान्वित

म्याग्दीको दुर्गम गाउँपालिका भनेर चिनिने धवलागिरी गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरेको छ। गाउँपालिकाको वडा नं ७ ताकममा रहेको अस्पतालमा माइनर अप्रेशसन सहित भिडियो एक्सरे सेवा सुरू गरेको हो।