म्याग्दीको दुर्गम धौलागिरीमा भिडियो एक्सरे सेवा, गर्भवती महिला लाभान्वित

म्याग्दीको दुर्गम गाउँपालिका भनेर चिनिने धवलागिरी गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरेको छ। गाउँपालिकाको वडा नं ७ ताकममा रहेको अस्पतालमा माइनर अप्रेशसन सहित भिडियो एक्सरे सेवा सुरू गरेको हो।

सम्बन्धित सामग्री

गाउँ गाउँमा ‘मोबाइल भिडियो एक्स–रे’

पर्वत। गर्भवती महिला तथा वृद्धलाई सहयोग पुग्ने गरी पर्वतको जलजला गाउँपालिकाले गाउँ गाउँमा नै पुगेर मोबाइल भिडियो एक्सरे सेवा सुरु गरेको छ । गाउँपालिकाले हालै मात्र वडा नं ३ मल्लाजस्थित स्वास्थ्य चौकीबाट ग्रामीण भिडियो एक्स–रे सेवा शुरु गरेको हो । गाउँपालिकाका अन्य वडामा रहेका स्वास्थ्य चौकीमा पनि समय तालिकाअनुसार पुगेर सेवा प्रवाह गरिने पालिकाले जनाएको […]

नेर्पा स्वास्थ्य चौकीबाट भिडियो एक्सरे सेवा शुरू

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलोपटक भिडियो एक्सरे सेवा शुरू भएको छ । स्वास्थ्य सेवा विभाग र त्रिवेणी गाउँपालिकाको सहयोगमा नेर्पा स्वास्थ्य चौकीमा एक्सरे सेवा सञ्चालन गरिएको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण बुढाले जानकारी दिए । विभागबाट मेशिन प्राप्त भएको र भवन तथा जडानका लागि गाउँपालिकाबाट करीब १२ लाख सहयोग भएपछि सेवा शुरू गरिएको हो । नेर्पा स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा शुरू भएपछि गर्भवती महिला र आपत्कालीन सेवाग्राहीलाई जिल्ला अस्पताल वा दाङ झर्नुपर्ने बाध्यता हटेको छ । सेवालाई थप प्रभावकारी बनाउन शुरूमा अन्यत्रभन्दा सस्तो दरमा सेवा प्रवाह गरिरहेको रेडियो ग्राफर दिनेश महराले बताए । अन्यत्र ५ सयभन्दा बढी लाग्ने एक्सरे सेवा नेर्पा स्वास्थ्य चौकीले ३ सयमै प्रदान गरिरहेको छ । रासस