काठमाडौं : सरकारले दुई हजार तीन सय विद्यालयमा एकैसाथ ‘आइसिटी ल्याब’ स्थापना गर्ने भएको छ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयमा आइसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिए।शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले तीन वर्षभित्र देशभरका सबै विद्यालयमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पारे। मन्त्री पौडेलले सार्वजनिक विद्यालयको भौतिक पूर्वाधारमा कुनै