टियुको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सवै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ ।त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए । क्याम्पस÷विभाग÷स्कुलमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले स्थानीय तहको समन्वयमा तोकेको समयसीमा र स्वास्थ्य मापदण्डभित्र रही जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको उनले बताए । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्रिविले माघ पहिलो हप्तादेखि सञ्चालन हुने परीक्षा स्थगन गरेको थियो । यसअघि सरकारले पनि फागुन १ गतेदेखि विद्यालय तहको कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ । 

सम्बन्धित सामग्री

त्रिविमा फागुन १ गतेदेखि भौतिक रुपमै पठनपाठन हुने

काठमाडौँ– कोरोना महामारीका कारण भौतिक रुपमा स्थगित त्रिभुवन विश्वविद्यालयको पठनपाठन फागुन १ गतेदेखि भौतिक रूपमै सञ्चालन हुने भएको छ। बिहीबार सूचना जारी गर्दै त्रिविले क्याम्पस/विभाग/स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी गरी कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा […]

फागुन १ गतेदेखि विद्यालय खुल्ने

कोरोना महामारीको जोखिम न्यून हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शैक्षिक कृयाकलाप तथा परीक्षा सम्बन्धी नयाँ आदेश जारी गरेको छ। जस अनुसार फागुन १ गतेदेखि उपत्यकाका सबै विद्यालयहरु खुल्ने नयाँ आदेश जारी गरेको छ।...

माघ ७ देखि स्थगित त्रिविका सबै परीक्षा फागुन १ गतेदेखि

काठमाडौं, माघ २१ । त्रिभुवन विश्वविद्यालयका गत माघ ७ गतेदेखि स्थगित सबै परीक्षा फागुन १ गतेदेखि हुने भएका छन्। कोभिडको संक्रमण कम हुँदै गएको र त्रिविको शैक्षिक पात्रो नियमित गर्न रोकिएका सबै परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुन लागेका हुन् । परीक्षा सुधार समीतिले स्थगित परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले फागुन १ […]

त्रिविका परीक्षा फागुनभित्र सक्ने

कोभिडको संक्रमण कम हुँदै गएको र त्रिविको शैक्षिक पात्रो नियमित गर्न रोकिएका सबै परीक्षा फागुन १ गतेदेखि सञ्चालन गर्ने त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिले निर्णय गरेको सहनियन्त्रक घनश्याम ठाकुरले जनाए।...

त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा फागुनमा हुने

कोरोना संक्रमणका कारण स्थगित त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ सालको वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान ४ वर्षे बीएस्सी चौथो वर्षको आंशिक तथा नियमित तर्फका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने छन् । यस वर्षका केही परीक्षा सञ्चालन भइसकेका छन् । सञ्चालनकै क्रममा कोरोना संक्रमण बढेपछि पनिकाले माघ ९ गतेदेखिको परीक्षा स्थगित गरेको थियो । पनिकाले बुधवार सार्वजनिक गरेको परीक्षा तालिका अनुसार बाँकी परीक्षा फागुन ११ गते सकिने छ ...

त्रिविको स्थगित परीक्षा फागुनदेखि सुरु हुने

काठमाडौं, माघ १९ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । जसअनुसार त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा सञ्चालन हुने शिक्षा र मानविकी संकायका तीन वर्षे स्नातक तहको नियमित तथा आंशिक परीक्षा पुनः […]

कोरोनाले रोकिएको त्रिविको परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोनाका कारण रोकिएको वार्षिकलगायत परीक्षाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने भएको छ।त्रिविले धमाधम परीक्षा तालिका सार्वजनिक गरिरहेको छ।त्रिविले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार ३ बर्से एल.एल.बी. तेस्रो वर्षको नियमित परीक्षा यही फागुन १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।त्यस्तै, २०७८ सालको वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फको ४ बर्से बी.एससी. चौथो वर्षको&n

कोरोनाका कारण रोकिएका त्रिविका परीक्षा फागुन १ गतेदेखि सुरु हुने

कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु फागुन १ गतेदेखि सुरु हुने भएका छन्।

त्रिविका परीक्षा फागुन १ देखि

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगन गरेका विभिन्न संकायका परीक्षा फागुन १ गतेदेखि सञ्चालन गर्ने भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना निकालेर परीक्षाको तालिका प्रकाशन गरेको हो। चारवर्षे बीएससी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि हुनेछन्। वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलबी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन […]

त्रिवि अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुने भएकाे छ ।  परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज बुधवार सूचना निकालेर कारोना सङ्क्रमण जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी गराएको हो । कार्यालयले विभिन्न तहको परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ ।   यसअघि त्रिविले काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण जोखिमका कारण परीक्षा स्थगित गरेको थियो ।