त्रिवि अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुने भएकाे छ ।  परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज बुधवार सूचना निकालेर कारोना सङ्क्रमण जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी गराएको हो । कार्यालयले विभिन्न तहको परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ ।   यसअघि त्रिविले काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण जोखिमका कारण परीक्षा स्थगित गरेको थियो ।

सम्बन्धित सामग्री

त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सवै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

टियुको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सवै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ ।त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए । क्याम्पस÷विभाग÷स्कुलमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले स्थानीय तहको समन्वयमा तोकेको समयसीमा र स्वास्थ्य मापदण्डभित्र रही जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको उनले बताए । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्रिविले माघ पहिलो हप्तादेखि सञ्चालन हुने परीक्षा स्थगन गरेको थियो । यसअघि सरकारले पनि फागुन १ गतेदेखि विद्यालय तहको कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

फागुन १ गतेदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय

कोरोना भाइरस संक्रमणको जोखिम बढेका बेला स्थगित गरिएका परीक्षा र भौतिक उपस्थितिको पठनपाठन सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले निर्णय गरेको छ । विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बिहीवार एक सूचना प्रकाशित गर्दै स्थगित भएका परीक्षा सञ्चालनको व्यवस्था गर्न, सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न एवं कार्यालयमा सामाजिक/भौतिक दूरी कायम गरी दैनिक प्रशासनिक कार्यहरू सम्पादन गर्ने व्यवस्था गर्न त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको जनाएका छन् । भौतिक उपस्थितिमा पठनपाठन गर्दा स्थ...

त्रिविअन्तर्गतका क्याम्पस फागुन १ देखि सञ्चालन हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना महामारीका कारण बन्द भएका सबै क्याम्पसमा फागुनदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्ने निर्णय गरेको छ।त्रिवि रजिष्टारकाे कार्यालयले बिहीबार सूचना जारी गरी आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमा नै पठनपाठन र स्थगित परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो। कक्षा तथा परीक्षा सञ्चालनका गर्दा कोभिड-१९ विरुद्धको मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।सरकारले यसअघि नै फागुन १ देखि देशभरका विद्यालय पनि भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय ग

त्रिविको स्थगित परीक्षा फागुनदेखि सुरु हुने

काठमाडौं, माघ १९ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । जसअनुसार त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा सञ्चालन हुने शिक्षा र मानविकी संकायका तीन वर्षे स्नातक तहको नियमित तथा आंशिक परीक्षा पुनः […]