कोरोनाका कारण रोकिएका त्रिविका परीक्षा फागुन १ गतेदेखि सुरु हुने

कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु फागुन १ गतेदेखि सुरु हुने भएका छन्।

सम्बन्धित सामग्री

जनकपुर–जयनगर रेल शनिवारदेखि यात्रुसहित गुड्ने

काठमाडौं । १९ महीनाअघि भारतबाट ल्याइएका दुई थान रेल आगामी शनिवारदेखि यात्रुसहित गुड्ने भएका छन् । चैत १९ गते शनिवार रेल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले रेलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमीटर खण्डमा यात्रुसहित रेल चल्न थाल्नेछ । चैत १८ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने कार्यक्रम छ । देउवा भारत भ्रमणमा रहेका बेला नै रेल उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । ‘दुई देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट रेल उद्घाटन गर्नुहुनेछ,’ झाले भने, ‘नेपालबाट उक्त रेलमार्गमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री लगायतको भौतिक उपस्थिति हुनेछ ।’ २०७७ असोजमा ल्याइएका दुई थान रेल माघ अन्तिमसम्म पार्किङमै थिए । कानून, कर्मचारी र बजेटको अभाव देखाउँदै रेल सञ्चालनको तिथि पटक–पटक सारिएको थियो । कानूनी बाधा फुकाउन भन्दै तेस्रोपटकसम्म सरकारले रेलवे अध्यादेश ल्याइसकेको छ । गत साता तेस्रोपटक अध्यादेश जारी भएको थियो । गत बुधवारको नेपाल राजपत्रमा पछिल्लो अध्यादेश प्रकाशित भएको छ । अध्यादेशमार्फत कानूनी बाधा फुकाइएपछि प्रधानमन्त्री भारत भ्रमणमा रहेका बेला रेल उद्घाटन गर्ने बाटो खुलेको हो । लामो समयदेखि पार्किङमा रहेका ती रेल फागुन १ गतेदेखि यात्रु नबोकी गुडिरहेका थिए, अब भने रेलमा यात्रा गर्न पाइनेछ । सिटमा बसेर र उठेर ती रेलमा करीब २ हजार ६०० यात्रुले एकैपटक यात्रा गर्न सक्छन् । झाले रेलको भाडासमेत तोकिएको जानकारी दिए । त्यसअनुसार सामान्य सिटका लागि प्रतियात्रु ९० र एसी भएकोमा ४५० रुपैयाँ भाडा तोकिएको छ । नेपाल–भारतका सीमावर्ती क्षेत्रका प्रमुख गन्तव्यलाई रेल लिंकले जोड्ने उद्देश्यले विभिन्न पाँचओटा लिंक बनाउने घोषणा गरिएको छ, त्यसमध्ये पहिलो चरणमा जनकपुर–जयनगरमा रेल चल्न लागेको हो । सरकारले गतवर्ष १ अर्ब रुपैयाँ लगानीमा भारतीय रेलवे कम्पनी कोंकणबाट रेल किनेको थियो । रेल चलाउन भारतबाट २६ जना कर्मचारी आएका छन् । नेपाली कर्मचारी ५६ जना छन् । काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन छिट्टै सरकारले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले चीनबाट हुने उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला नेपाल र चीनबीच यो रेलमार्गको अध्ययन अघि बढाउने समझदारी भएको थियो । चीन सरकारको सहयोगमा प्रारम्भिक अध्ययन भइसकेको रेलमार्गको अब विस्तृत सम्भाव्यता अध्ययन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले जानकारी दिए । चीनको सहयोगमा अध्ययन हुने यो रेलमार्गको अध्ययन छिट्टै हुने भनिए पनि चीनमा पुनः देखिएको कोरोनाका कारण कहिले शुरू हुन्छ भन्ने यकिन नभएको शर्माले बताए । यसअघि पनि कोरोनाकै कारण यो रेलमार्गको बाँकी काम रोकिएको थियो । चीन सरकारको सहयोगमा भएको प्रारम्भिक अध्ययनले ९ वर्षमा काठमाडौं–केरुङ रेलमार्ग निर्माण गर्न २ खर्ब ५७ अर्ब लगानी आवश्यक पर्ने देखाएको थियो । २०७५ वैशाखदेखि काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन थालिएको थियो ।

तीर्थालुका लागि हलेसी मन्दिर खुला

कोरोनाका कारण बन्द गरिएको हलेसी मन्दिर तीर्थालुका लागि खुलाइएको छ । कोरोनाका कारण माघ पहिलो सातादेखि बन्द हलेसी मन्दिर फागुन १ गतेदेखि खुलाइएको हो ।

मनकामना मन्दिरमा फागुन १ गतेदेखि नियमित पूजा

कोरोनाका कारण जारी स्मार्ट लकडाउन थप खुकुलो भएसँगै मनकामना मन्दिरमा पनि नियमित पूजा हुने भएको छ । मनकामना दर्शन प्रालिले प्रशासनको सूचनाअनुसार फागुन १ बाट मनकामना मन्दिरमा पूजा नियमित हुने र सोहीअनुसार केबलकार पनि सञ्चालनमा आउने जनाएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार एक सूचना जारी गर्दै फागुन १ गते देखि मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा गर्न सकिने जनाएको छ ।

मनकामना मन्दिरमा फागुन १ गतेदेखि नियमित पूजा हुने

जिल्ला प्रशासन कार्यालयले कोरोनाका कारण जारी स्मार्ट लकडाउन थप खुकुलो पारेसँगै मनकामना मन्दिरको नियमित पूजा हुने भएको छ । मनकामना दर्शन प्रालिले प्रशासनको सूचनाअनुसार फागुन १ बाट मनकामना मन्दिरमा पूजा नियमित हुने र सोहीअनुसार केबलकार पनि सञ्चालनमा आउने जनाएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार एक सूचना जारी गर्दै फागुन १ गते देखि मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा गर्न छुट दिएको छ । &

१ फागुनदेखि भाैतिक उपस्थितिमै पढाउन सुझाव, सिसिएमसीले निर्णय गर्ने

काठमाडौं : कोरोनाका कारण बन्द भएका विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्ने विषयमा छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार विद्यालय सञ्चालनबारे छलफल भएकाे नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए।उनका अनुसार छलफलमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव,स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ,प्याब्सन,एनप्याब्सन लगायतका पदाधिकारी सहभागी थिए।‘छलफलम

कोरोनाले रोकिएको त्रिविको परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोनाका कारण रोकिएको वार्षिकलगायत परीक्षाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने भएको छ।त्रिविले धमाधम परीक्षा तालिका सार्वजनिक गरिरहेको छ।त्रिविले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार ३ बर्से एल.एल.बी. तेस्रो वर्षको नियमित परीक्षा यही फागुन १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।त्यस्तै, २०७८ सालको वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फको ४ बर्से बी.एससी. चौथो वर्षको&n

त्रिविका परीक्षा फागुन १ देखि

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगन गरेका विभिन्न संकायका परीक्षा फागुन १ गतेदेखि सञ्चालन गर्ने भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना निकालेर परीक्षाको तालिका प्रकाशन गरेको हो। चारवर्षे बीएससी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि हुनेछन्। वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलबी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन […]