खानेपानी विभागको महानिर्देशकमा खत्री

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा त्रिरेशप्रसाद खत्रीलाई नियुक्त गरेको छ । मेलम्ची खानेपानी आयोजना प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका खत्रीलाई विभागको जिम्मेवारी दिइएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को बोर्डको अध्यक्षसमेत रहेका खत्री यसअघि मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख र खानेपानी आयोजना कार्यान्वयन निर्देशनका प्रमुख रहीसकेका छन् ।

सम्बन्धित सामग्री

खानेपानी मन्त्रालयका सात सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । खानेपानी मन्त्रालयले सात जना सहसचिवको सरुवा गरेको छ। मन्त्री महिन्द्रराय यादवले मन्त्रीस्तरीय निर्णय गर्दै खानेपानी विभागका महानिर्देशकसँगै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकसहित सात जना सहसचिवको सरुवा गरेका हुन्। खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीको विराटनगरस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा सरुवा भएको छ। विभागको महानिर्देशकको जिम्मेवारी मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक […]

मुख्य सडक नखन्न सडक विभागको निर्देशन

प्राधिकरणले तार भूमिगत गर्दा र मेलम्ची खानेपानी आयोजनाका पाइप फुट्दा सवारी आवागमनमा समस्या विद्युत् प्राधिकरण र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का कारण उपत्यकाका सडक अस्तव्यस्त बनेपछि सडक विभागले सडक खन्न...

लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक जलमग्न (तस्बिरहरु)

काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको छ ।लैनचौरस्थित खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुटेको हो । सडक जलमग्न भएपछि सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् ।

भरतपुरमा ढल व्यवस्थापनको काम हुने

भरतपुर महानगरपालिकाका सहरी क्षेत्रमा ढल निकासको समस्या देखिएपछि खानेपानी तथा ढल व्यवस्थापन विभागले रु दुई अर्बभन्दा बढीको लगानीमा ढल निर्माणको काम गर्ने भएको छ । यससँगै खानेपानी व्यवस्थापन र शौचालयबाट निस्केको फोहर व्यवस्थापन तथा ढल व्यवस्थापनको काम गर्न लागिएको हो । विभागको एकीकृत खानेपानी तथा सरसफाइ आयोजनाले कामका लागि विस्तृत अध्ययन प्रतिवेदनको काम गरिरहेको छ । देशका १२ सहरमा ढल व्यवस्थापनको काम गर्ने तयारी छ । तीमध्ये पाँच सहरलाई पहिलो चरणमा राखिएको छ । तीमध्ये पनि भरतपुर महानगरपालिकाको

भरतपुरमा ढल व्यवस्थापनको काम हुने

चितवन । भरतपुर महानगरपालिकाका सहरी क्षेत्रमा ढल निकासको समस्या देखिएपछि खानेपानी तथा ढल व्यवस्थापन विभागले रु दुई अर्बभन्दा बढीको लगानीमा ढल निर्माणको काम गर्ने भएको छ । यससँगै खानेपानी व्यवस्थापन र शौचालयबाट निस्केको फोहर व्यवस्थापन तथा ढल व्यवस्थापनको काम गर्न लागिएको हो । विभागको एकीकृत खानेपानी तथा सरसफाइ आयोजनाले कामका लागि विस्तृत अध्ययन प्रतिवेदनको काम […]

‘सुरक्षाका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ बन्द’

खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौंको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाका लागि वर्षा यामसम्ममा त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नुपरेको स्पष्ट पारेका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले सो स्पष्टीकरण दिएका हुन् । उनले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरूको सुझाव र सो […]

विना मगरको छलाङ, माओवादीले बनायो खानेपानी विभाग प्रमुख

काठमाडौं, ४ कात्तिक । पूर्व खानेपानीमन्त्री विना मगरले नेकपा माओवादी केन्द्रमा महत्वपूर्ण छलाङ मारेकी छिन् । ३२ जना केन्द्रीय विभाग प्रमुख चयन हुँदा उनी पनि परिन् । माओवादीभित्र विभागको जिम्मेवारीलाई महत्वपूर्ण मानिएको छ । माओवादीका हस्ती नेताहरुले विभागको जिम्मेवारी पाउँदा विना पनि परिन् । विनालाई खानेपानी विभागको जिम्मेवारी मिलेको छ । प्रत्यक्ष निर्वाचित सांसद समेत […]

खानेपानी विभागको महानिर्देशकमा खत्री नियुक्त

खानेपानी तथा सरसफाई मन्त्रालयले खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा त्रिरेशप्रसाद खत्रीलाई नियुक्त गरेको छ ।

मण्डनदेउपुरमा एक अर्बको खानेपानी आयोजना स्वीकृत

मण्डनदेउपुर नगरपालिकामा रु एक अर्बको खानेपानी आयोजना स्वीकृत भएको छ । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । यसका लागि स्थानीयवासीसँग उपभोक्ता समितिले प्रतिउपभोक्ता रु एक हजार व्यहोर्नुपर्ने नीति बनाएको छ । नगरसँग खा