खानेपानी योजना सञ्चालन हुने

भादगाउँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खानेपानी योजना सञ्चालन हुने भएको छ । चाँगुनारायण नपा–९ ताथली चापाटोलमा करिब आठ करोड बराबरको खानेपानी योजना सञ्चालन हुने भएको हो । स्थानीय समुदायलाई खानेपानी सहज बनाउन स्थानीय उपभोक्ता समितिमार्फत योजनाको काम गर्न लागेको नगरपालिका वडाध्यक्ष गणेश त्यातले जानकारी दिए । अध्यक्ष त्यातले आजै डिपबोरिङको उद्घाटन गरी विगत लामो समयदेखि […]

सम्बन्धित सामग्री

खोल्सीको पानी खान बाध्य छन् कालीमाटीका बासिन्दा

जिल्लाको विकट कालीमाटी गाउँपालिका-६ को भैसिदमार, भलादमार र साजखर्कका स्थानीयबासी खोला तथा खोल्सीमा जमेको पानी खान बाध्य छन् । यो गाउँमा अहिलेसम्म पनि स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने हिसावले कुनै खानेपानी योजना सञ्चालन भएका छैनन् । परम्परागत पानीका मुहानहरु सुकेपछि स्थानीयबासीहरु भने खोला र खोल्सीमा बगेको पानी पिउन बाध्य बनेका हुन् ।

झण्डै दुई खर्ब लागतमा लिफ्टिङ खानेपानी योजना सञ्चालन हुँदै

जिल्लाको पहाडी भेगका ३ गाउँपालिका र कटारी नगरबासीसमेतका लागि गत ०७५ सालदेखि सञ्चालन गर्ने भनिए पनि अहिलेसम्म सुरु नभएको लिफ्टिङ खानेपानी योजना कार्यान्वयनमा आउन लागेको छ।...

सुनकोसीको पानी घरघरमा

सिन्धुलीको फिक्कल गाउँपालिका–२, पोखरीमा ५०० मिटर तल रहेको सुनकोसीको पानी लिफ्टको माध्यमबाट स्थानीय उपभोक्ताको घरघरमा पु-याइने भएको छ । खानेपानीको पोखरीमा गाउँपालिकाको लागनीमा लिफ्ट खानेपानी योजना सञ्चालन गरी चण्डीभञ्ज्याङ, डडुवा, बबला र गैरीगाउँका करिब २०० घरमा सुनकोसीको पानी पु-याइने भएको हो । सुनकोसीको नवलपुरबाट पानी लिफ्ट गरी झन्डै ५०० मिटरमाथि फाल्ने निर्माण कार्यमा खटिएका प्राविधिक सफल भएको गाउँपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

खानेपानी अभावले स्थानीयको दिनचर्यामा सकस

धनकुटा (अस) । धनकुटाको सागुरीगढी गाउँपालिका–५ ध्वजेडाँडाका दुर्गाबहादुर तामाङ बर्खामा परेको आकाशेपानी ड्रम, घैंटो र बोतलमा भरेर राख्छन् । त्यही पानीले हिउँदभरको आवश्यकता टार्छन् । यस्तै डाडाँबजारको सिमानामा रहेका मोरङको केराबारी गाउँपालिका–१ थामडाँडाकी पवित्रा राईको आँगनभरि पानी भरिएका प्लाष्टिकका बोतल छन् । दुर्गाबहादुर र पवित्रा पानीको अभाव भएपछि बर्खामा संकलन गरेर राख्ने स्थानीयवासीका प्रतिनिधि पात्र हुन् । धनकुटाको साँगुरीगढी–५ को ध्वजेडाँडा, लुम्फाजुङ र मोरङ केराबारी गाउँपालिका–१ पाटीगाउँको थामडाँडाका गरी ३५ घरपरिवारले यसरी नै बर्खाको पानी जम्मा गरी हिउँदमा संकट टार्दै आएका छन् । यी गाउँका धेरैजसो स्थानीयको यस्तै बाध्यता छ । हिउँदमा पानीको संकट टार्न वर्षात्देखि नै ड्रम, घैंटो र बोतलमा पानी भरेर राख्नुपरेको उनीहरू बताउँछन् । यस क्षेत्रका बासिन्दा विगत १० वर्षदेखि खानेपानीको अभाव भोग्दै आएका छन् । पानीको ठूलो मुहान नहुँदा खानेपानीको जोहो गर्न बर्खामा आकाशेपानी भर र हिउँदमा ड्रम, घैंटो र बोतलमा पानी भरेर राखेको पानीको भर पर्नुपरेको छ । लामो समयसम्म बर्खामा पानी नपर्दा वा हिउँदका लागि पानी जम्मा गरेर नराख्दा ५ घण्टा हिँडेर लिन जानुपर्ने बाध्यता स्थानीयलाई छ । ‘पानी अभावको कारण अड्कलेर खानुपर्छ,’ साँगुरीगढी–५ की मिनाकुमारी तामाङले भनिन्, ‘खानेपानीको  संकटले महिला र बालबालिका बढी जोखिममा छन् ।’ डाँडामा बस्ती भएकाले २ दशकदेखि खानेपानी समस्या झेल्दै आएको पाटी गाउँकी कमला राईले गुनासो गरिन् । वर्षायामबाहेक अन्य समयमा खानेपानीको जोहो गर्न सास्ती हुने गरेको उनले बताइन् । ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौं,’ उनले भनिन्, ‘अरू समय सधैं पानीको पिरलो हुन्छ ।’ पानीको समस्याले बालबालिकाको पढाइ पनि प्रभावित बनेको मीनाकुमारीले बताइन् । बस्तीमा निर्वाचनको समयमा पुग्ने नेताहरूले खानेपानीको समस्या तत्काल समाधान गर्ने आश्वासन दिने गरेको, तर कार्यान्वयन नभएको गुनसो स्थानीयको छ । खानेपानी अभावकै कारण धनकुटाको ध्वजेडाँडा, लुम्फाजुङ र मोरङ पाटीगाउँ, थामडाँडाका स्थानीयवासी बसाइँ सर्ने अवस्थामा पुगेका छन् । साँगुरीगढी गाउँपालिका–५ का वडाध्यक्ष पलकबहादुर बस्नेतले डाँडामा बस्ती भएकाले सानोतिनो बजेटले योजना सञ्चालन गर्न नसकिएको बताए । ‘स्थानीय तहको बजेटले लिफ्ट खानेपानी सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘प्रदेश र संघीय सरकारलाई यहाँको समस्या पटकपटक अवगत गराए पनि बेवास्ता भइरहेको छ ।’ साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याखाले बजेटकै समस्याले यी ठाउँमा खानेपानी सुविधा पु¥याउन कठिन भएको बताए । उनका अनुसार ध्वजेडाँडामा लिफ्टमार्फत खानेपानी पुर्‍याउन कम्तीमा ५ करोड आवश्यक छ । ‘खानेपानी योजना सञ्चालनका लागि पटकपटक सर्भे गरियो, माथिल्ला तहका सरकारमा पटकपटक अनुरोध गरियो,’ उनले भने, ‘स्थानीय तहसँग सीमित बजेट हुने भएकाले हाम्रो मात्र प्रयासले सम्भव छैन ।’ संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्याख्या गरिएको छ । सो धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुने उल्लेख छ । तर, धनकुटाको ध्वजेडाँडा, लुम्फाजुङ र मोरङको पाटीगाउँ, थामडाँडाका स्थानीयले संविधानले नै व्यवस्था गरेको अधिकार समेत उपभोग गर्न पाएका छैनन् ।

८ सय ९० घरमा धारा

माथागढी गाउँपालिका–३, कसेनी सराई क्षेत्रका ८ सय ९० घरधुरीमा खानेपानीको धारा जडान भएको छ । यहाँको बजार बस्तीका प्रायः सबै घरधुरीमा ‘एक घर एक धारा’ पुर्‍याउने अभियानअन्तर्गत दुई खानेपानी योजना सञ्चालन गरिएको हो ।

साढे ३ करोड लागतमा चार खानेपानी योजना सम्पन्न

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा साढे ३ करोड रुपैयाँभन्दा बढी लागतमा विभिन्न खानेपानी योजना सम्पन्न भएका छन् । चालू आर्थिक वर्षमा गाउँपालिकाका चार, पाँच र ६ नम्बर वडामा कुल ३ करोड ५५ लाख ५५ हजार ५८४ रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएका हुन् । प्रदेश र संघबाट सञ्चालन भएका खानेपानी योजना सम्पन्न हुने तयारीमा छन् । गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको संयुक्त लगानीमा सो योजना सम्पन्न गरिएको परियोजनाले बताएको छ । सम्पन्न गरिएका खानेपानी योजनामा सोलार लिफ्ट प्रविधि र सीधै मूलबाट ल्याइएका छन् । उक्त योजनाबाट तीन वडाका २७८ घरपरिवार लभान्वित भएका छन् । घरपरिवारबाहेक गाउँपालिकाको कार्यालय, एक विद्यालय र एक स्वास्थ्य चौकीमा पनि सार्वजनिक धारा र सिँचाइ धारा, सिँचाइ पोखरी निर्माण गरिएको छ । परियोजनालाई फिनल्यान्ड सरकारले पनि अर्थिक सहयोग गरिरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना बैतडीका प्राविधिक दीर्घ पाण्डेले बताए । उनले भने, ‘चारओटै योजना नेपाल सरकार, फिनल्याण्ड सरकार, गाउँपालिका र उपभोक्ताको जनश्रमदानबाट निर्माण गरिएका हुन् ।’ स्थानीयवासीलाई स्वच्छ खानेपानीको सुविधा पु¥याउन गाउँपालिकामार्फत सम्पन्न गर्न सकिने योजनालाई गाउँपालिकाले निर्माण गरेको र बाँकी ठूला योजना प्रदेश, संघ र विभिन्न संघ सस्थामार्फत सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । ‘अहिले गाउँपालिकाका सबै वडमा प्रदेश, केन्द्र र गाउँपालिकामार्फत खानेपानी योजना सञ्चालन भइरहेको छ,’ उनले भने, ‘धेरै ठाउँमा योजना सम्पन्न भइसकेका छन् ।’ गाउँपालिकाभित्रका ८० प्रतिशत जनता स्वच्छ खानेपानीको पहुँचमा रहेको उनले बताए । गाउँपालिकामा छरिएर बसेका घरधुरी र स्वच्छ खानेपानीको पहुँचबाट टाढा रहेका घरधुरीलाई स्वच्छ सफा खानेपानीको व्यवस्था गर्ने उद्देश्यले योजना सम्पन्न गरिएको बताइएको छ । गाउँमा पुराना मूल सुकेकाले पनि खानेपानीको समस्या भएको छ ।

पञ्चेश्वर गाउँपालिकामा साढे तीन करोडको खानेपानी योजना निर्माण सम्पन्न

जेठ २४, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा साढे तीन करोडभन्दा बढीका खानेपानी योजना सम्पन्न भएका छन् ।  चालू आर्थिक वर्षभित्र गाउँपालिकाका चार, पाँच र छ नम्बर वडामा ३ करोड ५५ लाख ५५ हजार ५८४ लागतमा चार ओटा खानेपानी योजना सम्पन्न भएका छन् । अझै प्रदेश र संघबाट सञ्चालन भएका योजना सम्पन्न हुने तयारीमा छन् । गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको संयुक्त लगानीमा सो योजनाहरु सम्पन्न गरिएका परियोजनाले बताएको छ । परियोजना नेपाल सरकारमार्फत सञ्चालन गरिएको हो । सम्पन्न गरिएका खानेपानी योजनामा सोलार लिफ्ट प्रविधि र सिधै मुलबाट पनि ल्याइएको छ ।  यि योजनाबाट तीन वडाका २७८ घरपरिवार लभान्वित भएका छन् । घरपरिवार बाहेक गाउँपालिकाको कार्यालय, एक विद्यालय र एक स्वास्थ्य चौकीमा पनि सार्वजनिक धारा र सिँचाई धारा, सिँचाई पोखरी निर्माण गरिएको परियोजनाले जानकारी दिएको छ । जनसंख्याको अधारमा कुनै योजनाबाट एक घर एक धारा त कुनै योजनाबाट सार्वजनिक धारा निर्माण गरिएको छ ।  यस परियोजनालाई फिनल्यान्ड सरकारले पनि अर्थिक सहयोग गरिरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना बैतडीका प्राविधिक दीर्घ पाण्डेले बताए । उनले भने ‘चारओटै योजना नेपाल सरकार, फिनल्याण्ड सरकार, गाउँपालिका र उपभोक्ताको जनश्रमदानबाट निर्माण गरिएका छन्’ । गाउँपालिका नजिकै महाकाली नदी बगरिहे पनि याहाँका जनातालाई खानेपानीको अभाव थियो । जनताको यहि अभावलाई हटाउनको लागि गाउँपालिका लागिरहेको छ । गाउँपालिकाले गाउँपालिका भित्र स्वच्छ खानेपानी पुयाउन गाउँपालिकामार्फत सम्पन्न गर्न सकिने योजनालाई गाउँपालिकाले निर्माण गरेको र बाँकी ठूला योजनाको लागि प्रदेश, संघ र विभिन्न संघ सस्थामार्फत सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष गोरख बहदुर चन्दले बताए । अहिले गाउँपालिकाका सबै वडमा प्रदेश, केन्द्र र गाउँपालिकामार्फत पनि योजना सञ्चालन भइरहेको गाउँपालिकाले बताएको छ । धेरै ठाउँमा योजना सम्पन्न भइसकेका छन् । गाउँपालिका भित्रका ८० प्रतिशत जनता स्वच्छ खानेपानीको पहुँचमा रहेको गाउँपालिकाले बताएको छ । गाउँपालिकामा छरिएर बसेका घरधुरी र स्वच्छ खानेपानीको पहँुचबाट टाँढा रहेका घरधुरीलाई स्वच्छ सफा खानेपानीको व्यवस्था गर्ने उद्देश्यले योजना सम्पन्न गरिएको योजनाले बताएको छ । पुराना पानीका मुल सुकेर पनि अहिले गाउँपालिकाका जनतालाई खानेपानीको समस्या भएको देखिएको स्थानीय बताउँछन् । गाउँपालिकाले नयाँ योजना निर्माणका सँगसँगै पुराना पानीका मुहानलाई संरक्षण गर्न नसके भाबी दिनमा महाकाली नदी बाहेक अरु सबै मुहान सुकेर जाने स्थानीयको भनाइ छ । अहिले गाउँपालिकाको पुराना मुहान संरक्षणभन्दा पनि नयाँ योजना निर्माणमा बढि ध्यान गएको पाइन्छ । पञ्चेश्वर मात्र नभएर जिल्लाका अरु स्थानिय तहको पनि यहि अवस्था रहेको छ ।

लेगुवामा खानेपानीको चरम अभाव

वैशाख २१, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवा बजारकी शारदा देवि पौडेल बिहान उठ्ने बित्तिकै डोकोमा गाग्री बोकेर अरुण नदिको पुल तरेर खानेपानी लिन घण्टौं लगाएर जान्छिन्, बेलुका पनि उनको पहिलो काम पानी लिन डोकोमा गाग्री बोकेर जाने नै हो । पौडेल त एक उदाहरण मात्रै हुन् लेगुवाका बासिन्दा वर्षौदेखि खानेपानीको चरम समस्या भोग्दै आएका छन् ।  पानीको ठूलो मुहान नहुँदा यहाँका १०० भन्दा बढी घरधुरीलाई बाह्रै महीना खानेपानीको जोहो गर्न घण्टौं लाग्ने गरेको छ । अचम्मको कुरा त के भने लेगुवा बजारको डिलैमा अरुण नदि बगिरहेको छ । तर, त्यति नजिक अरुण नदि बगिरहेपनि लेगुवा बजारमा खानेपानीको चरम अभाव छ । लेगुवा बजारका स्थानीय लामो समयदेखि अरुण नदीका पुल पार गरेर पुगिने छिमेकी जिल्ला भोजपुरको फेरी बजार पुगेर खानेपानी ल्याउने गरेका छन् ।  केही समय पहिले प्रयोगमा आएका पानीका मुहान पनि सुक्दै गएको र नदिको पुल पार गरेर खानेपानी लिन आएको पौडेलले बताइन् । खानेपानीका मुहान सुकेपछि लेगुवाका बासिन्दाले घण्टौं लगाएर अरुण नदिको पुल तरेर जानुपर्ने बाध्यता रहेको छ । त्यहाँ पनि डिपबोरिङ गरेर निकालिएको खानेपानी रहेको छ । हुन त पहाडमा डिपबोरिङ कति दिनलाई हो भन्ने भर नै हुँदैन । तरपनि लेगुवाबासीले डिपरिङकै भर पर्नुपरेको छ, त्यो पनि घण्टौ टाढा । पानी लिन जाँदा दिउँसोको समयमा खाली भएपनि बिहान र बेलुकाको समयमा घण्टौं लाइनमा बस्नुपर्छ ।  वर्खाको समयमा केही मात्रामा सहज भएपनि हिउँदमा झनै दुःख बेहोर्नुपरेको स्थानीय लिलाकुमारी श्रेष्ठले बताइन् । उनले भोजपुरबाट खानेपानी बोकेर खान थालेको करीब १० बर्ष जति भएपनि कसैले दुःख नदेखेको बताइन् । केही समय अघिसम्म सञ्चालनमा रहेको खानेपानी योजनाबाट आएको पानीले गाउँ नै रोगको शिकार भएपछि खानेपानी बोकेर नै खानुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ । अरुबेला भन्दा कोरोना महामारीका बेला खानेपानीको समस्याको विषयमा लेगुवाबासी झन चिन्तित बनेका छन् । पानी खोज्न जाँदा कोरोना सर्ने हो कि? भन्ने पिरलो छ पनि थपिएको छ यहाँका स्थानीयलाई । बजारबासी अहिले घण्टौ लगाएर पानी बोकेर खान बाध्य भएका छन् ।  यहाँ प्रत्येक दिन बिहान सबेरैदेखि राति अबेरसम्म पानी भर्नेको लाइन लाग्छ । खानेपानीका कारणले लेगुवामा कोरोना महामारी बढ्न सक्ने खतरा रहेको स्थानीय सुवन श्रेष्ठले बताए । जनप्रतिनिधी आएपछि समस्याको समाधान होला भन्ने आश गरेको भएपनि हालसम्म पटक पटक कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको लेगुवा बासीको गुनासो छ । लेगुवा बजारमा खानेपानी योजना सञ्चालन भएपनि सरकारी निकायले नियमित अनुगमन र स्थानीयले रेखदेख नगर्दा समस्या भएको स्थानीय नारायण प्रसाद धमलाले बताए । उनले महालक्ष्मी नगरपालिकाले ८ लाखसम्मका खानेपानी योजना सञ्चालन गरेको भएपनि योजना सञ्चालनका लागि प्रयोग गरिएको सामान गुणस्तरहिन भएर काम नलागेको बताए ।  ‘खानेपानीको नाला र कल खरीद गरेर नगरपालिकाले ल्यायो तर कल बनाउँदा बनाउँदै नाला चेप्टिएर कामै नलाग्ने भयो ।’ धमलाले भने, ‘नगरपालिकाले योजनाका लागि पैसा दियो, काम थोपो भएर तर पनि अनुगमन गरेन ।’ धमलाले गुनासो गर्दै थपे ‘हामी लेगुवाबासी भोजपुर पानी लिन जान बाध्य छौँ, नगरपालिकामा योजना माग गर्न जाँदा पहिले योजना दिइसकेको छ अब हुँदैन अरुणमा गएर पानी ल्याएर खानु भनेर फर्काउने गरेको छ ।’ लेगुवाबासी पानी नपाएर बसाइँ सर्ने अवस्थामा पुगेको बताउँछन् । छिमेकी जिल्ला भोजपुरले ३ किलोमिटर माथिसम्म अरुण नदीबाट पानी पम्पिङ गरेर लगेको हुनाले लेगुवामा करीब ५०० मिटर मात्रै उचाइ रहेकाले अरुण नदीबाट खानेपानी पम्पिङ गरिनु पर्ने स्थानीयको माग छ । यता महालक्ष्मी नगरपालिकाले भने नगरपालिकाको वडा न. ५ र ६ मा रहेको खानेपानी समस्या समाधान र व्यवस्थापनको लागि मुहान तथा पाइप लाइनको अनुगमन गरेको जानकारी दिएको छ । नगरपालिकाले यसै आर्थिक वर्षमा नयाँ पाइप लाइन थप तथा क्षमता विस्तारको कामका लागि जिल्ला खानेपानी कार्यलयसँग सहकार्य गरि अघि नगर प्रमुख पर्शुराम नेपालले बताए ।  उनले लेगुवा बजारमा खानेपानीको समस्या रहेको भएपनि समाधानका लागि नगरपालिका लागिरहेको प्रमुख नेपालले बताए । ‘गत साल ७ ओटा कल हालेको स्थानीयले सञ्चालनमा ल्याएनन् ।’, नगर प्रमुख नेपालले भने ‘अहिले पाइप लाइन विस्तार तथा लिफ्टिङको प्रक्रियामा छ ।’  नगर प्रमुख नेपालका अनुसार नयाँ पाइप लाइनेको यसै आर्थिक वर्षमा सम्पन्न हुने गरि इस्टमेट पनि भएको छ । ‘लेगुवाको खानेपानीको समस्या अहिलेको मात्रै नभएर धेरै पहिलेको समस्या हो ।’, नगर प्रमुख नेपालले थपे, ‘लेगुवाबासीले पटकपटक उपभोक्ता समिति बनाउने र नगरपालिकाले योजना हाल्दा उपभोक्ता समितिले कामै नगर्ने गरेका छन् ।’ हुन त लेगुवा अरुण नदीको किनारमा भएपनि नेपाल सरकारले सुख्खाग्रस्त क्षेत्रमा सूचीकृत गरेको छ । यसकारण पनि लेगुवामा खानेपानीको समस्या छ भनेर संघीय सरकारको खानेपानी विभागले थाहा पाउँदा पनि कुनै योजना अगाडि बढाएको छैन ।

लिफ्टङबाटै खानेपानी योजना संचालनमा

चौतारा । खानेपानीको समस्या झेलिरहेको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारी गाउँमा पौने दुई करोड रुपैयाँको लागतमा खानेपानी योजना सञ्चालन गरिएको छ ।