गृहमन्त्री बालकृष्ण खाणले यौनजन्य हिंसाले समाजमा धेरै विकृति ल्याएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बाँकेको सामुहिक बलात्कारको घटनाबारे जानकारी दिदै गृहमन्त्री खाणले २५ वर्षमुनिका युवाहरु संलग्न रहेको बताए ।‘बाँकेको सामुहिक बलात्कारको घटनामा १६ देखि २५ बर्ष उमेर समुहका युवा संलग्न भएको पाइएको छ । त्यसले गर्दा पनि उनीहरुलाई ओरियन्टेशन र शिक्षाको पाटो पाठ्यपुस्तकमा समेत जानकारीमुलक विषय थप्न जरुरी रहेको म सरकारका तर्फबाट प्रतिवद्धता व्यक्त गर्न चाहान्छु’, मन्त्री खाणको