गृहमन्त्री बालकृष्ण खाणले नागरिकता पाउने व्यवस्था खुकुलो बनाउन विधेयक ल्याएको भन्ने खालको आशंका नगरिदिन सांसदहरुलाई आग्रह गरेका छन् । राष्ट्रियसभा बैठकमा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाली नागरिकलाई व्यवस्थित रुपमा नागरिकता उपलब्ध गराउने उद्देश्यले सरकारले विधेयक ल्याएको जिकिर गरे ।उनले साढे ६ लाख युवाले विविध कारण नागरिकता नपाएको उल्लेख गर्दै ती युवा नागरिकताको अभावमा विश्वविद्यालयमा भर्ना हुन, रोजगारीका लागि आवेदन दिन, बैंकमा खाता खोल्न, यहाँ