व्यावसायिक बाख्रापालनमा तानसेनका महिला आकर्षित

असोज ५, पाल्पा । तानसेन नगरपालिकाभित्रका विपन्न महिला व्यावसायिक बाख्रापालनप्रति आकर्षित भएका छन् ।  यसका लागि नगरपालिका, हेफर परियोजना, ग्रामीण आर्थिक विकास संघले कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत खोर व्यवस्थापन, प्राविधिक सहयोग र अनुदान प्रदान गरिएको छ ।  महिलालाई समूहमा आबद्ध गरी दुईदेखि पाँचसम्म बाख्रा उपहारस्वरुप वितरण गरिएको छ । तानसेन–५ अर्चलेका कविता गैरे रावलले बाख्रापालन तालिममा सहभागी भएको बताइन् । आदर्श स्वालम्बन महिला समूहमा आवद्ध महिलालाई बाख्रा प्रदान गरिएको हो । आर्थिक रुपमा कमजोर परिवारका महिलालाई आत्मनिर्भर बनाउन कार्यक्रम प्रभावकारी भएको बताइएको छ ।  तानसेन नगरपालिकाका वडा नं १, ८, ९, १०, ११, १२ र १३ लाई बाख्रा पकेट क्षेत्रका रुपमा विस्तार गरिइएको छ । नगरपालिकाभित्रका ६२ महिला समूहलाई एक हजार २०० बाख्रा र ७५ बोयर बोका प्रदान गरिएकोमध्ये हाल एक हजार ५०० बाख्रा थप उत्पादन भएको ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए । नगरपालिकाका प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा युवाको आकर्षण बढाउन थालिएको बताए । विदेशबाट फर्केका र बेरोजगार युवालाई ज्ञान सीप र क्षमता अभिवृद्धिसँग बीउ पूँजीको सहयोगमार्फत कृषि र पशुपालनलगायतका उत्पादनका क्षेत्रमा आकर्षित गरिएको उनले जानकारी दिए  ।  उपप्रमुख लक्ष्मीदेवी पाठक र प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले स्थानीय स्रोत साधनको परिचालन गरी उत्पादनमुखी काम गर्न युवाको थप आकर्षण हुनुपर्ने बताए ।  हेफर परियोजनाका कार्यकारी निर्देशक डा तीर्थ रेग्मीले जिल्लाका आठ स्थानीय तहमा कृषि र पशुपालनका क्षेत्रमा काम भएको बताए । रासस  

सम्बन्धित सामग्री

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

मनाङ । हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् । जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै गएका स्थानीय तिरकाशी घलेले बताइन्। “जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका छौँ”, उनले भनिन्, “एघार जना महिलाको […]

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै मनाङका महिला

हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् । जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै गएका स्थानीय तिरकाशी घलेले बताउनुभयो । “जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “एघार जना महिलाको समूह …

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

मनाङ- हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् । जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै गएका स्थानीय तिरकाशी घलेले बताइन् । “जग्गा भाडामा लिएर सा...

बाख्रापालनतर्फ महिला आकर्षित

धुर्कोट गाउँपालिका–२, पीपलधाराकी निरू घर्तीले व्यावसायिक बाख्रापालन गर्न थालेको चार वर्ष भयो । सुरुमा एक माउ बाख्रा ल्याएर सुरु गरेकी उनलाई व्यावसायिक बाख्रापालनको मोह पलाएपछि प्रत्येक वर्ष बाख्रा बढाउँदै गइन् । अहिले...

गोडभेंडाले फेरियो महिलाको जीवनशैली

परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोडभेंडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी लघुवा यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि प्रख्यात बनेका छन् । यहाँका महिला किसानले व्यावसायिक रुपमा गोडभेंडा खेतीमा आकर्षित भएका छन् । टनेलभित्र गोडभेंडा उत्पादन गर्दा राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसको व्यावसायिक खेतीमा लागेका हुन्  । यसले महिला आत्मनिर्भर बन्दै गएका छन् । पाल्पाको र

पाल्पाका महिलालाई घाँस खेतीबाट मनग्य आम्दानी!

पाल्पा – तानसेन नगरपालिकाका महिला पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट आम्दानी हुन थालेपछि उनीहरू व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन्। तानसेन नगरपालिका–५ अर्चलेका महिलाले सामूहिक तथा निजी रूपमा व्यावसायिक घाँसखेती गरी १५ हजारदेखि २५ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। केही वर्षदेखि घाँसको […]

महिलालाई उद्यमशीलतामा आकर्षित गर्न पहुँच सुनिश्चितताको माग

विराटनगर । महिलालाई उद्यमशीलतमा आकर्षित गर्न सरकारका विभिन्न निकायबाट प्रदान गरिएका सुविधामा पहुँच सुनिश्चित हुने वातावरण बन्नुपर्ने माग गरिएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको महिला वित्तीय अधिकार सम्बन्धी कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उक्त माग गरेका हुन् । महिलाहरूले स्थानीय शीप र श्रमको प्रयोग गरी सञ्चालन गरेको उद्योगलाई आर्थिक विकासमा समाहित गरी महिला सशक्तीकरणका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउनुपर्ने बताए । महिला उद्यमशीलता प्रवर्द्धन, विकास एवं विस्तारका साथै क्षमता वृद्धि गराई उद्यमशीलता विकासको मूल प्रवाहमा महिला उद्यमीहरूको सहभागिता अभिवृद्धि गराउने उद्देश्यले उद्योग संगठन मोरङ, आर्थिक संयोजक समितिको आयोजनामा सोमवार महिला उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुर्‍याउन महिला वित्तीय अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको थियो । आर्थिक संयोजन समितिका संयोजक पारस लुनियाले परिवर्तित नीति नियम र बजारको प्रणालीका कारण महिला उद्यमीको सोच र सृजनात्मकताले विभिन्न समस्याको सामना गर्नुपरेको भन्दै उनीहरूको व्यावसायिक क्षमता विकासमा कार्यत्रमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । व्यवसाय सञ्चालन गर्ने क्रममा आइपर्ने प्रक्रियागत अप्ठ्याराहरूमा सहजीकरण गर्न संगठनले आगामी दिनमा सहयोगी डेस्क स्थापना गर्ने जानकारी उनले दिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै चार्टर्ड एकाउन्टेन्ट पियूष लुनिया र प्रतीश अग्रवालले कार्यपत्र प्रस्तुत गर्दै महिलाले उद्यमशीलता प्रारम्भ गर्नुपूर्व सरकारको नीति, महिलाका लागि प्रदान गरिएका सेवा तथा सुविधा लगायत विषयमा जानकारी राख्नुपर्ने बताए । कार्यपत्र प्रस्तुतीकरणको क्रममा उनीहरूले सामाजिक–राजनीतिक चेत, उद्यमशीलता विकास, स्वरोजगार तथा आयआर्जनतर्फ पनि महिलाले आफूलाई सशक्त बनाउँदै लैजानुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा महिला उद्यम समितिको संयोजक प्रतिभा रिजाल ओली, सहसंयोजक जयश्री जाजू, समितिका सदस्यहरू, घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधिका साथै अन्य महिला उद्यमीहरूको सहभागिता थियो ।

सयपत्री फूलको व्यावसायिक खेती

फूलको बजार दिनानुदिन विस्तार भइरहेको तथा नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न जिल्लाका महिला उद्यमीले व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएकी हुन् ।

गाउँमा महिला उद्यमी बनाउने अभियान

स्थानीय बजारमा सिताके च्याउको माग र मूल्य राम्रो भएपछि विकट गाउँका महिला यसतर्फ आकर्षित भएका छन् । एकपटक लगानी गरेपछि तीन वर्षसम्म उत्पादन दिने र घरमै बसेर व्यावसायिक खेती गर्न सकिने भएका कारण महिलाहरू च्याउ खेतीमा लगानी गर्न अग्रसर भएका हुन् । महिलालाई व्यावसायिक बनाउन स्थानीय निकायले प्राविधिक पक्षबारे जानकारी दिन थालेयता महिलामा व्यावसायिक मोह बढेको हो । बजारमा प्रतिकेजी पाँच सय रूपैयाँसम्ममा च्याउ बिक्री हुन थालेपछि खेती गर्ने किसान पछिल्लो समय बढेका छन् । महिना दिनअघि चौतारा साँगाचोकगढी नगरपालिकाले नगरका १४ वटै वडामा ४० किसानलाई सिताके च्याउ खेती गर्ने तालिम प्रदान गरेको थियो ।