स्थानीय बजारमा सिताके च्याउको माग र मूल्य राम्रो भएपछि विकट गाउँका महिला यसतर्फ आकर्षित भएका छन् । एकपटक लगानी गरेपछि तीन वर्षसम्म उत्पादन दिने र घरमै बसेर व्यावसायिक खेती गर्न सकिने भएका कारण महिलाहरू च्याउ खेतीमा लगानी गर्न अग्रसर भएका हुन् ।
महिलालाई व्यावसायिक बनाउन स्थानीय निकायले प्राविधिक पक्षबारे जानकारी दिन थालेयता महिलामा व्यावसायिक मोह बढेको हो । बजारमा प्रतिकेजी पाँच सय रूपैयाँसम्ममा च्याउ बिक्री हुन थालेपछि खेती गर्ने किसान पछिल्लो समय बढेका छन् । महिना दिनअघि चौतारा साँगाचोकगढी नगरपालिकाले नगरका १४ वटै वडामा ४० किसानलाई सिताके च्याउ खेती गर्ने तालिम प्रदान गरेको थियो ।