स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटको सूर्यगढी गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । काँग्रेस, एमाले र माओवादी केन्द्रलगायतले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान तीव्र पार्न थालेका छन् । करिब १७ हजार जनसंख्या भएको यो गाउँपालिकामा यसअघिको निर्वाचनमा काँग्रेस विजयी भएको थियो । अहिले एमाले विभाजित भएको तथा पार्टीको उपस्थिति थप प्रभावकारी भएकाले आफू नै विजयी हुने दाबी काँग्रेसको छ । तर, एमाले र माओवादी पनि यसपटक आफू विजयी हुने दाबी सहित मैदानमा छन् । त्रिपक्षीय