गोरखा – बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने भौतिक संरचनाको मुआब्जामा ह्रासकट्टी नगरिने भएको छ । मन्त्रिपरिषद्को गएकाे पुस ३० गते बसेको बैठकले बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने व्यक्तिकाे नाममा रहेको घरगोठ, फलफूल र बोटबिरुवा लगायत भौतिक संरचनाको ह्रासकट्टी नगरि क्षतिपूर्ति (मुआब्जा) दिने निर्णय गरेको हो ।
मुख्यसचिव शङ्करदास वैरागीले पुस ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवलाई निर्णयबारे जानकारी गराउँदै त्यहीअनुसार कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्...