संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न दिन तालिबानको आग्रह

तालिबानले यो हप्ता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा आफूलाई सम्बोधन गर्न दिन आग्रह गरेको छ। विश्वका नेताहरुलाई महासभामार्फत सम्बोधन गर्न चाहेको तालिबानले बताएको हो। अफगानिस्तानको सत्तामा रहेको तालिबानका विदेशमन्त्रीले सोमबार पत्र पठाएर सम्बोधनका लागि अवसर दिन आग्रह गरेका हुन्। संयुक्त राष्ट्रसंघको एक समितिले त्यसमाथि छलफल गर्ने छ। तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता शुहेल शहीनलाई संयुक्त […]

सम्बन्धित सामग्री

डा. खड्का आज मन्त्री बन्दै, आजै अमेरिका जाने

प्रधानमन्त्री शेर बहादुर देउवाले आज मन्त्रिपरिषदमा एक जना मन्त्री थप गर्ने भएका छन् । उनले कांग्रेस सांसद डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउन लागेका हुन् । डा. खड्काले आज नै सपथ लिने छन् भने सपथपछि कार्यभार सम्हाले लगत्तै उनी आजै अमेरिका प्रस्थान गर्ने छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्व गर्दै उनी अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका हुन् । डा. खड्काले महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने छन् ।हालसम्म प्रधानमन्त्री देउवाले नै परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका थिए। तर संयुक्त राष्ट्रसंघको महासभा सुरु भईसकेको र परराष्ट्र मन्त्री नभएकोले महासभामा कसलाई पठाउने भन्ने अन्योल रहेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महासभामा पठाउने प्रतिनिधि मण्डल चयन गर्ने निर्णय गरेको थियो । सोहि अनुसार डा. खड्कालाई  परराष्ट्र मन्त्री नियुक्त गरेर महासभामा पठाउन लागिएको हो ।

अमेरिका शीतयुद्ध चाहँदैन : बाइडेन

काठमाडौं : अमेरिकी  राष्ट्रपति जो बाइडेनले चीनसँग प्रतिस्पर्धा गर्नका लागि नयाँ शीतयुद्ध नचाहने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सम्बोधन गर्दै बाइडेनले चीनको नाम नलिइकनै सोभियत संघसँग दशकौँ चलेको जस्तो प्रकारको विश्वब्यापी झगडाको युगमा अमेरिका प्रवेश गर्न नचाहेको बताएका हुुन्। अमेरिकाले जोडदार प्रतिस्पर्धा गर्ने र आफ्नै मूल्य मान्यता तागतको बलमा नेतृत्व गर्ने बाइडेनको भनाइ छ। बाइडेनले आफ्नो सम्बोधनमा विश्वको लागि निर्णायक दशकमार्फत सहयोगीहरुसँग समन्वय