अमेरिका शीतयुद्ध चाहँदैन : बाइडेन

काठमाडौं : अमेरिकी  राष्ट्रपति जो बाइडेनले चीनसँग प्रतिस्पर्धा गर्नका लागि नयाँ शीतयुद्ध नचाहने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सम्बोधन गर्दै बाइडेनले चीनको नाम नलिइकनै सोभियत संघसँग दशकौँ चलेको जस्तो प्रकारको विश्वब्यापी झगडाको युगमा अमेरिका प्रवेश गर्न नचाहेको बताएका हुुन्। अमेरिकाले जोडदार प्रतिस्पर्धा गर्ने र आफ्नै मूल्य मान्यता तागतको बलमा नेतृत्व गर्ने बाइडेनको भनाइ छ। बाइडेनले आफ्नो सम्बोधनमा विश्वको लागि निर्णायक दशकमार्फत सहयोगीहरुसँग समन्वय