डा. खड्का आज मन्त्री बन्दै, आजै अमेरिका जाने

प्रधानमन्त्री शेर बहादुर देउवाले आज मन्त्रिपरिषदमा एक जना मन्त्री थप गर्ने भएका छन् । उनले कांग्रेस सांसद डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउन लागेका हुन् । डा. खड्काले आज नै सपथ लिने छन् भने सपथपछि कार्यभार सम्हाले लगत्तै उनी आजै अमेरिका प्रस्थान गर्ने छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्व गर्दै उनी अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका हुन् । डा. खड्काले महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने छन् ।हालसम्म प्रधानमन्त्री देउवाले नै परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका थिए। तर संयुक्त राष्ट्रसंघको महासभा सुरु भईसकेको र परराष्ट्र मन्त्री नभएकोले महासभामा कसलाई पठाउने भन्ने अन्योल रहेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महासभामा पठाउने प्रतिनिधि मण्डल चयन गर्ने निर्णय गरेको थियो । सोहि अनुसार डा. खड्कालाई  परराष्ट्र मन्त्री नियुक्त गरेर महासभामा पठाउन लागिएको हो । 

सम्बन्धित सामग्री

अमेरिका जाने ईडीभी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गर्नेहरु पक्राउ !

काठमाण्डौ – अमेरिका जाने ईडीभी२०२१ को भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा बनाएको आरोपमा नौ जना पक्राउ परेका छन् । ईडीभी२०२१ मा नाम निस्किएपछि भिसा प्रक्रियाका लागि नक्कली प्रमाणपत्र पेस गरेको सूचनाको आधारमा नक्कली प्रमाणपत्र पेस गर्ने र बनाउने गरी नौ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरूमा पाँचथर घर भइ झापा बस्ने समिर राई, कास्कीका अरूण कार्की, नुवाकोट घर भइ काठमाण्डौ बस्ने राधिका तामाङ, स्याङजा घर भइ काठमाण्डौ बस्ने सबिता श्रेष्ठ, झापाका बिदुर प्य...

परराष्ट्र सचिव पौडेल अमेरिका जाने

काठमाडौँ । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । उनले महासभालाई सम्बोधन गर्ने भएका छन् । साथै न्यूयोर्क बसाइका क्रममा उच्चस्तरीय भेटवार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिव पौडेल अमेरिका जाने

२ असोज, काठमाडौं । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । उनले महासभालाई सम्बोधन गर्ने भएका छन् । साथै न्यूयोर्क बसाईका क्रममा उच्चस्तरीय भेटवार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेनिस खेलाडी सलोनी अमेरिका जाने

काठमाडौं (हाम्रो खेलकुद) – हालको नेपाल नम्वर एक महिला लन टेनिस खेलाडी सलोनी तामाङ उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने भएकी छिन् । सेन्ट जेभियर्सबाट १२ कक्षासम्मको अध्ययन पश्चात उनी उच्च शिक्षा अध्ययनको लागि संयुक्त राज्य अमेरिका जाने भएकी हुन् । उनले टेक्सास राज्यस्थित लमार विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएकी छिन् । उनी मंगलबार त्यसतर्फ प्रस्थान […]

चुनावको मिति घोषणालगत्तै प्रधानमन्त्री देउवा अमेरिका जाने तयारीमा

काठमाडौं, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसद्को निर्वाचनको मिति घोषणा गरेलगत्तै अमेरिका भ्रमणमा जानेगरि तयारीमा जुटेका छन् । हालै अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लुले हालैको भ्रमणमा प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तो दिएको बुझिएको छ । सहायक विदेशमन्त्री दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अधिकारी हुन । उनले नेपाल बसाईको क्रममा प्रधानमन्त्री देउवा र […]

प्रधानमन्त्री शेरबहादुर देउवा भदौमा अमेरिका जाने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आगामी भदौमा अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले उच्च नेतृत्वले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रसङ्घको महासभा आगामी भदौ २८ (१३ सेप्टेम्बर) देखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदै छ। त्यसमा नेपाल सरकारको उच्च नेतृत्वसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाउने गरी तयारी सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व अपेक्षित रहेको ब

गाउँपालिकाको ७६ लाख खर्चमा अमेरिका जाने निर्णयको विरोध

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिकाको ७७ लाख खर्चमा पालिका अध्यक्षसहित संवैधानिक आयोगका पदाधिकारी अमेरिका जाने निर्णयको विरोध भएको छ।गाउँपालिकाबाट अमेरिका भ्रमणमा जाने खर्च विवरण बाहिरिएपछि सामाजिक सञ्जाल तातिएको छ। माघ ४ र ५ गते अमेरिकामा हुने छैटौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुने जाने टोलीको खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको थियो।भ्रमण खर्चको विषयलाई लिएर चर्को विरोध भएपछि अध्यक्ष पासाङ नुर्बु शेर्पाले पत्रकार सम्मेलन गरी खण्डन गरेका छन्। स्मा

भारतीय प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिका जाने

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्ने भएका छन् । क्वाद सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न देशका नेताहरु पनि अमेरिका जाने र त्यही बेलामा उनीहरुका बीचमा भेटवार्ता हुने भएको हो । […]

मोदी अर्को हप्ता अमेरिका जाने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्ने छन् ।क्वाद सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न देशका नेताहरु पनि अमेरिका जानुहुने र त्यही बेलामा उनीहरुका बीचमा भेटवार्ता हुने भएको हो ।  सम्मेलनका लागि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका प्रधानमन्त्री योशिहिडे सुगा पनि अमेरिका जाने जनाइएको छ । अमेरिकाको वासिङ्टन डिसीमा हुन

जापानका प्रधानमन्त्री सुगा अमेरिका जाने

टोकियो । जापानका प्रधानमन्त्री योशिहिडे सुगा अमेरिका भ्रमणमा जाने भएका छन् । यही सेप्टेम्बर महिनाको अन्त्यमा उनी अमेरिका जाने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । क्वाडा सम्मेलनमा सहभागी भई विभिन्न देशका शीर्ष नेतासँग सुरक्षासम्वन्धी विषयमा छलफल गर्न उनी अमेरिकाको वासिङ्टन जाने भएका हुन्। सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अस्ट्रेलिया प्रधानमन्त्री स्कट मोरिसन, भारतका […]