आजदेखि खुल्यो सानिमा लाइफको आईपीओ

काठमाडौं।सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर(आईपीओ) आजदेखि खुलेको छ।कम्पनीको सेयरमा यही साउन २४ गतेसम्म आवेदन दिन सकिने छ।कम्पनीले एक सय रुपैयाँ अंकित ६० लाख कित्ता सेयर निष्कासन गरेको हो।जसमध्ये कर्मचारीलाई ३ लाख कित्ता र सामूहिक लगानी कोषलाई ३ लाख कित्ता सेयर छुट्याइएको छ।बाँकी रहेको ५४ लाख कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।यो आईपीओ पाँच लाख ४० हजारले १० कित्ताका दरले पाउनेछन्।

सम्बन्धित सामग्री

सानिमा लाइफको शेयर कारोबार सुरु भएकै दिन सकरात्मक सर्किट

काठमाडौँ– सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै विहीबार कारोबार सुरु भएको छ । ३०९ रुपैयाँमा कारोबार खुलेको सानिमाको शेयर मूल्य कारोबार सुरु भएको आधा घण्टामै १० प्रतिशतले बढेको छ । १० प्रतिशतले मूल्य बढेपछि सकरात्मक सर्किट लागेको छ । विहीबार सानिमाको शेयर मूल्य ३३९ रुपैयाँ पुगेको छ । सानिमाको २ […]

सानिमा लाइफको सेयर नेप्सेमा सूचीकृत

सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर जारी गरेको थियो । जसमा संस्थापक १ करोड ४० लाख कित्ता जोडेर २ करोड कित्ता सेयर सूचीकृत भएको नेप्सेले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।कम्पनीको सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूचीकृत भएको हो । यो सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट अर्थात भोलि १६ गतेबाट का

सानिमा लाइफको आईपीओ डिम्याट खातामा, कतिमा होला ओपनिङ रेञ्ज ?

भदौ १४, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा सोमवारदेखि जम्मा भएको छ । कम्पनीको आईपीओ एसएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो ।धितोपत्रको दोस्रो बजारमा सूचीकरण प्रक्रियामा रहेको उक्त कम्पनीको दोस्रो बजारमा यसैसाता नेपाल स्टक एक्सचेञ्ज(नेप्से) सँग सम्झौता भएपछि कारोबार शुरु  हुनेछ ।नेप्सेमा सूचीकृत भएपछि लगानीकर्ताले लगानीकर्ताले कारोबार गर्न सक्नेछन्  ।  कम्पनीको आईपीओले पहिलो कारोबारको लागि १०३ रुपैयाँ १७ पैसादेखि ३०९ रुपैयाँ ५१ पैसा मूल्य रेञ्ज पाउने देखिएको छ ।नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । कम्पनीको आईपीओ साउन ३० गते बाँडफाँट सम्पन्न भएको थियो । कम्पनीले गत साउन २० गतदेखि साउन २४ गतेसम्म ६० लाख कित्ता आईपीओ  विक्री गरेको थियो ।

सानिमा लाइफको आईपीओ बाँडफाँड

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिबार बाँडफाँड गरेको हो। आईपीओ मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथामार्फत न्युनतम १० कित्ताको दरले सेयर वितरण भएको छ। त्यसअनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले शेयर पाएका छन्। आईपीओमा २४ लाख १९ हजारको आवेदन परेको थियो।

सानिमा लाइफको आईपीओ बाँडफाँट, साढे १७ लाखले पाएनन्

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँट भएको छ । आज गरिएको बाँडफाँटमा कम्पनीको साधारण शेयरमा आवेदन दिएका योग्य आवेदकमध्ये ५ लाख ४० हजारले मात्र शेयर पाए ।

सानिमा लाइफको आईपीओ शनिबार बाँडफाँट हुने

सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर भोलि शनिबार बाँडफाँट हुने भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि शनिबार सानिमा लाइफको दरमार्गस्थित कार्यालयमा बिहान ११:०० बजेदेखि बाँडफाँट हुने भएको हो ।

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि हुने

सानिमा लाइफको  इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड शनिबार हुने भएको छ ।

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला

काठमाडौँ– सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ आजदेखि खुलेको छ। कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर आजदेखि बिक्रीका लागि खुला गरिएको हो । सानिमा लाइफको हालको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ जारी भएपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउनेगरी सो बराबरको शेयर जारी गरिएको हो । त्यसमध्ये […]

सानिमा लाइफको आईपीओ साउन २० गतेदेखि आवेदन दिन सकिने

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट धितोपत्रको प्रारम्भीक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता नै सामूहिक लगानी कोषलाई सुरक्षित गरेको […]

सानिमा लाइफको ६० लाख कित्ता साउन २० देखि

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाइसकेको कम्पनीले यही महिनाबाट बिक्री गर्ने भएको हो। कम्पनीले असार ९ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको थियो। एक अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीले आईपीओ बिक्री तथा प्रबन्धकमा प्रभु क्यापिटल छ।