सानिमा लाइफको आईपीओ साउन २० गतेदेखि आवेदन दिन सकिने

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट धितोपत्रको प्रारम्भीक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता नै सामूहिक लगानी कोषलाई सुरक्षित गरेको […]

सम्बन्धित सामग्री

आजदेखि खुल्यो सानिमा लाइफको आईपीओ

काठमाडौं।सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर(आईपीओ) आजदेखि खुलेको छ।कम्पनीको सेयरमा यही साउन २४ गतेसम्म आवेदन दिन सकिने छ।कम्पनीले एक सय रुपैयाँ अंकित ६० लाख कित्ता सेयर निष्कासन गरेको हो।जसमध्ये कर्मचारीलाई ३ लाख कित्ता र सामूहिक लगानी कोषलाई ३ लाख कित्ता सेयर छुट्याइएको छ।बाँकी रहेको ५४ लाख कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।यो आईपीओ पाँच लाख ४० हजारले १० कित्ताका दरले पाउनेछन्।