स्वास्थ्य संस्थामा ८ हजार चिकित्सक अभाव - Naya Patrika

एक चिकित्सकको भागमा २२ हजार नागरिक स्वास्थ्य उपचारलाई संविधानले नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । संविधानले मौलिक हकका रूपमा स्वीकारेको त्यही स्वास्थ्य क्षेत्रमा भने आवश्यक चिकित्सकको चरम अभाव...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव

काठमाडौँ, ५ चैत । दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव रहेको छ । बङ्गलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन् । त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ । बङ्गलाचुलीमा १५ शय्याको अस्पतालन निर्माण गरि सञ्चालनमा ल्याइएको छ । तर चिकित्सक अभावले यहाँ बिबरामीले प्रभावकारीरुपमा सेवा पाउन […]

स्वास्थ्य जनशक्ति परिचालन

सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी दिनसकेको छैन । धेरै ठाउँबाट चिकित्सक अभाव भएको समाचार आउनेगर्दछ । एकातिर लाइसेन्स प्राप्त चिकित्सकहरु नै बेरोजगार बस्नुपरेको समाचारले पनि महत्व पाइरहेको छ । नेपाल मेडिकल काउन्सिलबाट अनुमति पाएका विज्ञ चिकित्सकहरुलाई पनि सरकारी सेवामा अवसर दिन सकिएको छैन । लाइसेन्स प्राप्त चिकित्सकले सरकारले तोकेको ठाउँमा गएर सेवा गर्छु भन्छन् भने […]

बैतडी अस्पतालमा पहिलो पटक दुई बिशेषज्ञ सहित ९ जना डाक्टर

अस्पताल स्थापना भएपछि पहिलोपटक विशेषज्ञ चिकित्सक समेत जिल्लाले पाएको हो। अस्पताल स्थापनाबाट पहिलोपटक यति ठूलो संख्यामा डाक्टरहरु अस्पतालमा आएका अस्पतालका सूचना अधिकारी पन्तले बताए।...

चिकित्सक अभाव भएपछि सेवा प्रभावित

दार्चुला । जिल्ला अस्पतालमा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो ।       जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिटेन्डेण्टको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा दुई दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो ।       प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगाले बताए । रिक्त दरबन्दी विवरण प्रदेश लोकसेवा आयोगलाई पठाएको उनले जानकारी दिए । अस्पतालमा तीन स्टाफ नर्सको दरबन्दी रहेकामा तीनैजना कार्यरत छन् । अस्पतालमा हेल्थ असिस्टेन्ट एक, अहेब दुई, अनमी दुई तथा ल्याब असिस्टेन्ट एक जना कार्यरत छन् । जिल्लामा हाल ४० स्वास्थ्य चौकी, पाँच निर्माणाधीन आधारभूत अस्पताल, ३३ सामुदायिक स्वास्थ्य इकाई, चार नगर स्वास्थ्य केन्द्र, १४४ गाउँघर क्लिनिक, १४२ खोप केन्द्र, आठ माइक्रोस्कोपिक सेन्टर, दुई डट्स सेन्टर तथा तीन सब कोल्ड चेन सेन्टर छन् । जिल्लाभर १४ मेडिकल अधिकृत, एक जनस्वास्थ्य अधिकृत, ४३ हेल्थ असिस्टेन्ट, २१ स्टाफ नर्स, ११७ सिनियर अहेब, १७४ सिनियर अनमी तथा ३० ल्याब टेक्निसियन कार्यरत छन् । जिल्लामा एक वर्षको अवधिमा एक हजार १८२ जनाले स्वास्थ्य बीमा गराएका छन् । कोरोनाविरुद्वको पूर्ण खोप लगाउनेको संख्या ६४ हजार ३७० जना पुगेको छ । व्यास गाउँपालिकामा चार हजार २२३, दुहुँमा पाँच हजार ११२, महाकाली नगरपालिकामा ११ हजार ९४०, नौगाड गाउँपालिकामा सात हजार ६८१, अपिहिमाल गाउँपालिकामा तीन हजार ३९०, मार्मा गाउँपालिकामा ६ हजार ५१०, शैल्यशिखर नगरपालिकामा ११ हजार ८५६, मालिकार्जुन गाउँपालिकामा आठ हजार ६३५ तथा लेकम गाउँपालिकामा पाँच हजार १२३ जनाले खोपको पूर्ण मात्र लगाएका छन् । जिल्लाभर खोपको पहिलो मात्रा लगाउनेको संख्या ८५ हजार ३९३ रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । रासस

स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ ।  चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताए । उनले भने, “२०७५ जेठ महिनादेखि डा.रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ ।” स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४ सै घण्टा प्रवाह हुने गरे

कोभिड अस्थायी अस्पतालमा चिकित्सक अभाव

चिकित्सक नपाएपछि समस्या भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए। अस्थायी अस्पतालमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना सहयोगीको दरबन्दी हुन्छ। तर सिगासमा अहिले एकजना स्टाफ नर्स मात्र कार्यरत छन्।

बैतडीमा चिकित्सक अभाव हुँदा उपचारमा समस्या

दरबन्दी अनुसारका चिकित्सक नहुँदा बैतडीमा स्वास्थ्य उपचारमा समस्या हुने गरेको छ ।

छात्रवृत्तिमा पढेका डाक्टरले दुर्गममा पाँच वर्ष सेवा गर्नुपर्ने - Naya Patrika

सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा गर्नुपर्ने सेवा अवधि पाँच वर्ष तोकेको छ । दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक अभाव हुँदा पनि सरकारी कोटामा पढेका डाक्टरले समेत सेवामा खटिन नमानेपछि सरकारले...पूरा पढ्नुहोस् »

राप्ति पारी चिकित्सक अभाव - Karobar National Economic Daily

नेपालगन्ज । राप्तीपारीको बघौडामा रहेका स्वास्थ्य केन्द्रहरूमा एमबीबीएस चिकित्सकको दरबन्दी हुँदा पनि लामो समयदेखि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले डाक्टर खटाउन सकेको छैन । सरकारी छात्रवृत्ति तथा जिल्ला जनस्वास्थ्य कार्यालयअन्तर्गत दरबन्दी…