अन्नबाली जोगाउनै मुस्किल

बन्गाडकुपिण्डे नगरपालिकाको अम्रा, घाटगाउँ, बस्नेउरा, मान्टुरा, आमखोली, च्युरालगायत गाउँका किसानलाई बाली जोगाउन मुस्किल भएको छ । जंगली जनावर र छाडा चौपायाले अन्नबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

सम्बन्धित सामग्री

वन्यजन्तुबाट अन्नबाली क्षति : किसानलाई राहत प्रदान गर्दै निकुञ्ज

रसुवा, २५ असोज । वन्यजन्तुबाट अन्नबालीमा भएको क्षतिको मूल्याङ्कन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले किसानलाई राहत दिने भएको छ । यसका लागि निकुञ्जले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका भू–भागमा गत महिना जङ्गली बँदेलले मकैबालीलाई नोक्सानी पु¥याएको थियो । स्थलगतरूपमा क्षतिको मूल्याङ्कन गराइ रातह प्रदान गरिने निकुञ्जले जनाएको छ […]

अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित

सङ्खुवासभा – पानी नपर्दा र हिमपात पनि नहुँदा अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित भएका छन् । लामो समयदेखि पानी नपर्दा हिउँदे बाली तथा बगानमा अलैँचीको बोटसमेत सुक्न थालेको छ । यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको खाँदबारी नगरपालिका–४ का भीमबहादुर गुरुङले गुनासो गर्नुभयो । गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पुर्‍याउन नसकिएको उहाँको भनाइ छ । अर्का किसान मानबहादुर ...

चासोक तङ्नाम : अन्नबाली घर भित्र्याएपछि कूलदेवतालाई चढाउने परम्परा

मंसिर पूर्णिमाको दिनदेखि पहिला पाकेको बालीको विभिन्न परिकार बनाएर कूलदेवतालाई चढाउने परम्परालाई चासेका तङ्नामको रूपमा लिएको फक्ताङलुङ गाउँपालिका-६ का सन्तकुमार लिम्बूले बताए ।

अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि सुनसान उपल्लो मुस्ताङ

पर्वत, कात्तिक १४ । चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताईन् […]

काभ्रेमा हिउँ पर्दा अन्नबाली नष्ट, तर पनि किसान छन् खुशी

काठमाडौं : काभ्रेको अग्लो भेग महाभारत पहाडको उच्च भागमा परेको हिउँ अझै पग्लिएको छैन। बिहीबार रातिदेखि शनिबार बिहानसम्म परेको हिउँ खेल्न डाँडाकाँडामा युवाहरुको भीड लागेको छ। जिल्लाकै अग्लो भाग बेथानचोक गाउँपालिकाको बेथानचोक नारायणस्थानडाँडा हिउँले झपक्कै ढाकेको छ। हिउँ परेका कारण बारीमा पाक्दै गरेको अन्नबाली नष्ट भए पनि अब लगाउने अन्नबाली…

किसानको आकर्षण घटेसँगै लोप हुँदै रैथाने अन्नबाली

माघ २, पाल्पा । रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनतअनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पालगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।  खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ । जलवायु परिर्वतनले उत्पादनमा कमी आएसँगै किसानको परम्परागत अन्नबाली खेतीमा आकर्षणसमेत घटेको हो ।  बगनासकाली गाउँपालिका–८, बगनासकी जेम कुमारी हिताङ्ग अहिले कोदो र फापरखेतीमा व्यस्त छन् । पहिला तीन चार मुरी कोदो र फापर उत्पादन हुने गरेकामा अहिले २०/२५ पाथी मात्र उत्पादन हुन्छ । कोदो, फापरलगायत रैथानेबालीको माग गाउँ तथा सहरी क्षेत्रमा भने बढ्दो छ ।  पहिला निकै मेहनतका साथ उत्पादन गरिने भएकाले कोदो, फापरलगायत बाली प्रशस्त उत्पादन हुँदै आएको थियो । मेहनत गर्ने मानिसको अभाव, जलवायु परिर्वतन र शहरीकरणले गर्दा परम्परागत अन्नबाली लोप हुँदै गएको कृषक हिताङ्ग बताउँछन् ।  कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । समुदायका आश्रित व्यक्तिमा काम गर्ने क्षमता छैन । गोरुले जोत्ने खेतबारीमा अहिले ट्र्याटरबाट  खनजोत हुन्छ । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागतरुपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै  आएका छन् । पुराना अन्नबाली फापर, कोदो, जौ, तिल, भटमास, सिलामलगायत अन्नबाली वर्षेनी संकटमा परेको तानसेन नगरपालिका छापकी नरिसरा गाहा बताउँछन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन, बुढापाका पुस्ताका मानिसले मात्र रैथानेबाली कोदो, फापर, गहुँ उत्पादन गरिरहेको उनको भनाइ छ ।  पछिल्ला वर्ष छिटो आम्दानी दिने उन्नत जातका अन्नबालीप्रति किसानले चासो बढाउन थालेका छन् ।  रैथाने अन्नबालीको उत्पादन वृद्धि प्रोत्साहनको अभावमा लोप हुने  अवस्थामा पुगेकाले सरकारले विशेष चासोका साथ बीउ संरक्षण गरी उत्पादन वृद्धिमा चासो दिनुपर्नेमा स्थानीयवासी कमल भण्डारी जोड दिन्छन् । १०/१२ वर्षअघिसम्म कोदो र फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनकोे उत्पादनमा कमी भए पनि बजारमा माग भने बढ्दो छ । निकै स्वादिलो परिकारका रुपमा कोदाको रोटी र ढिलोलाई लिइन्छ । रैथाने अन्नबालीको उत्पादन बढाउन सके स्वदेशका ठूला होटल तथा विदेशमा समेत निर्यात गर्न सकिनेमा उनी जोड दिन्छन् । रासस

प्रदेश १ को माटोमा अम्लीयपन बढी

प्रदेश नं.१ का जिल्लाको माटोमा अम्लीयपन बढी भएर सुधार नहुँदा अन्नबाली उत्पादनमा कमी हुने गरेको छ। वषौंदेखि माटोमा अम्लीयपन भएपनि सुधार नहुँदा अन्नबाली उत्पादन घट्ने गरेको हो।...

बाँदरले अन्नबाली मासिदिएपछि फूलखेतीमा आकर्षण

धरान । लगाएको अन्नबाली बाँदरले मासिदिन थालेपछि धरानसँग सीमा जोडिएको मोरङको केराबारी गाउँपालिका देवीटारका कृषक सयपत्री फूलखेतीमा लागेका छन् । अन्नबाली बाँदरले उखेलेर फालिदिने, खाइदिने गर्न थालेपछि उनीहरूले ५ वर्ष अघिदेखि फूलखेती गर्न थालेका हुन् । गाउँ नजिकै रहेको जंगलबाट बाँदर आएर बाली नाली नष्ट गर्न थालेपछि फूलखेती थालेको स्थानीय पदम विश्वकर्मा बताउँछन् । ‘मकै, कोदो रोपौं भने बाँदरले केही राख्दैन, सागसब्जी पनि गर्न दिँदैन, त्यसैले यही फूलको खेती गर्न थालेका हौं,’ उनले भने । उनका अनुसार गाउँभरि नै फूलको खेती हुन्छ । शहर, बजारमा महँगोमा विक्री हुने फूल किसानले भने सस्तोमै बेच्नु परिरहेको उनले बताए । अर्का किसान बमबहादुर विश्वकर्माले वर्षमा १५–२० हजार रुपैयाँ बराबरको मात्र फूल विक्री हुने गरेको बताए । स्थानीय सरकारबाट अनुदान वा सहयोग केही पनि नपाएको गुनासो उनले गरे । नजिकैको गाउँ साधुटारका किसान प्रेमबहादुर बस्नेतले पछिल्लो समय अज्ञात रोगले फूल राम्रो उत्पादन नभएको बताए । साथै भारतीय फूल आउँदा नेपालको उत्पादन सस्तो हुने र लगानी पनि नउठ्ने अवस्था भएको उनको भनाइ छ । ‘कहिले त लगानी पनि उठाउन गाह्रो हुन्छ । हामीले किसानको मर्का स्थानीय जनप्रतिनिधिले समेत बुझेनन्,’ उनले भने । अर्का कृषक सीतामाया विकले बाँदर व्यवस्थापनका लागि गाउँपालिकामा पटक पटक कुरा राख्दा पनि सुनुवाइ नभएको गुनासो गरिन् । ‘कार्यपालिकाको बैठकमा पटक पटक कुरा राख्यौं, तर जनप्रतिनिधिले यसबारे चासो नै दिँदैनन्,’ उनले भनिन्, ‘बाँदरको व्यवस्थापनमा गाउँपालिका कहिल्यै गम्भीर भएन । बाँदरको समस्याको विषयमा कुरा त उठ्छ, तर समाधान नै खोजिँदैन ।’

एसएसबीद्वारा नेपाली किसानलाई अन्नबाली भित्र्याउन दशगजाको सडक प्रयोगमा रोक

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका– १० सडकघाटका नेपाली किसानलाई अन्नबाली भित्र्याउन दशगजाको सडक प्रयोगमा रोक लगाएको छ ।  वर्षौँदेखि नेपाल (सडकघाट) र भारत (टिल्ला नम्बर ४ का) किसानले...