वीरगञ्ज । नजिकिँदै गरेको फागु पर्वलाई लक्षित गरी वीरगञ्जमा बजार अनुगमन तीव्र पारिएको छ । वीरगञ्ज महानगरको बजार अनुगमन टोलीले मंगलबार वीरगञ्जको बसपार्क र बाईपास क्षेत्रमा अनुगमन गर्दा व्यापारीहरूमा भागाभाग मच्चिएको थियो ।
अनुगमन टोलीलाई देखेपछि सो क्षेत्रमा व्यापारीले आ–आफ्नो पसल बन्द गरेर भागेका थिए । केही व्यापारीले सरकारका अनेक निकायले अनुगमनको नाममा दुःख दिएको भन्दै प्रतिवादसमेत गरेको महानगरका खाद्य अधिकृत विपिनकुमार दासले बताए ।
अनुगमन अधिकृत दासको नेतृत्वमा भएको थियो । अनुगमन टोलीलाई कतिपय ठाउँमा व्यापारीहरूबाट असहयोग भएको उनले बताए । बजार अनुगमन समितिका संयोजक महानगरका उपमेयर इम्तियाज आलमले त्यस्ता पसल सिल गर्न निर्देशन दिएपछि केही व्यापारी आफैंले पसल र होटलहरू खोलेका थिए ।
अनुगमन टोलीले होटल, कोल्ड स्टोर र किराना पसलहरू अनुगमन गरेको टोलीमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी बताए । त्यसक्रममा म्याद सकिएका लिची जुस, चिसो पेय, चिप्स र बियर जफत गरी नष्ट गरिएको पनि उनले जानकारी दिए ।
वीरगञ्ज । नजिकिँदै गरेको फागु पर्वलाई लक्षित गरी वीरगञ्जमा बजार अनुगमन तीव्र पारिएको छ । वीरगञ्ज महानगरको बजार अनुगमन टोलीले मंगलबार वीरगञ्जको बसपार्क र बाईपास क्षेत्रमा अनुगमन गर्दा व्यापारीहरूमा भागाभाग मच्चिएको थियो ।
अनुगमन टोलीलाई देखेपछि सो क्षेत्रमा व्यापारीले आ–आफ्नो पसल बन्द गरेर भागेका थिए । केही व्यापारीले सरकारका अनेक निकायले अनुगमनको नाममा दुःख दिएको भन्दै प्रतिवादसमेत गरेको महानगरका खाद्य अधिकृत विपिनकुमार दासले बताए ।
अनुगमन अधिकृत दासको नेतृत्वमा भएको थियो । अनुगमन टोलीलाई कतिपय ठाउँमा व्यापारीहरूबाट असहयोग भएको उनले बताए । बजार अनुगमन समितिका संयोजक महानगरका उपमेयर इम्तियाज आलमले त्यस्ता पसल सिल गर्न निर्देशन दिएपछि केही व्यापारी आफैंले पसल र होटलहरू खोलेका थिए ।
अनुगमन टोलीले होटल, कोल्ड स्टोर र किराना पसलहरू अनुगमन गरेको टोलीमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी बताए । त्यसक्रममा म्याद सकिएका लिची जुस, चिसो पेय, चिप्स र बियर जफत गरी नष्ट गरिएको पनि उनले जानकारी दिए ।
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरिरहेका छन् । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनले दिइरहेका छन् । चन्दले मासिक ६० हजार रुपैयाँसम्मको बोट बिरुवा विक्री वितरण गर्दै आएको बताएका छन् ।
पाँच वर्षयता तीन कठ्ठा जमिनमा फलफूल नर्सरी सञ्चालन गरिरहेका चन्दले कारोबारको ५० प्रतिशत मुनाफा हुने गरेको बताए । “विगतमा फलफूल र नर्सरी, सार्वजिनक कार्यालय र पालिका सजावटका लागि भारतीय नागरिकको भर पर्नुपर्ने अवस्था थियो”, उनले भने, “आर्थिक तरलताले व्यवसायमा केही मन्दी देखिए पनि व्यवसायमा निराश हुनुपर्ने अवस्था छैन ।”
फलफूलका बिरुवा उत्पादन गरी विक्री वितरणका साथै माग गरेको स्थानमा ग्रिनहाउस, होटल तथा प्यालेसको सजावट तथा स्थानीय पालिकामा नर्सरी बनाउन जाने गर्नुभएका चन्दले सोही व्यवसायबाट भएको आम्दानीले जीविका चलाउने गरेको बताए । “व्यवसाय बढाउन फेरि जमिन भाडामा लिने योजना गर्दैछु”, उनले भने, “मेहनत गरे घरपरिवारसितै बसेर जीविका चलाउन कुनै समस्या छैन ।”
गाउँ तथा नगरपालिका कार्यालय प्रायः सबैले नर्सरी सजावटका लागि फूलका बिरुवा, प्लान्ट खरीद गर्ने गरेको चन्दको भनाइ छ । “बीउ र कलमबाट उत्पादित बिरुवा र सजावटका बिरुवा बाहिरबाट आयात गर्छौँ”, उनले भने, “पछिल्लो समय उत्पादित फूलको बजारमा माग पनि बढ्दै छ ।”
विज्ञान अध्ययनका साथै कम्प्युटर विषयमा स्नातक गरेका चन्दले कृषिसम्बन्धी काम गर्ने योजनाका साथ अघि बढेको बताए । आफूले कहीँकतैबाट पनि नर्सरीका लागि अनुदान वा सहयोग नलिएको उनको भनाइ छ ।
कञ्चनपुरमा पछिल्लो समय नर्सरी सञ्चालन गरी फलफूलका बिरुवा उत्पादन गर्ने क्रम बढिरहेको छ । त्यसैगरी शुक्लाफाँटा नगरपालिका–७ जुडामा ३२ वर्षीय युवा मदन धामी लामो समयदेखि बुवासितै नर्सरी सञ्चालनमा छन् ।
एक बिघामा नर्सरी बनाएर विभिन्न बिरुवा तथा फलफूलका बोट उत्पादन गरिरहेको बताउँदै धामीले वार्षिक १५ लाख रुपैयाँको कारोबार हुने गरेको बताए । “यहाँ उत्पादित फलफूल तथा अन्य बोटबिरुवा सुदूरपश्चिम प्रदेशको ९ ओटै जिल्लामा निर्यात हुँदै आएको छ”, उनले भने, “अझै पनि मागअनुसारको बिरुवा उत्पादन गरी उपलब्ध गराउन सकिएको छैन ।”
आफ्नो परिवार विगत तीन दशकयता नर्सरी बनाएर बिरुवा उत्पादन गरिरहेको उनले बताए । “आँप दश जातका साथै चार प्रकारको लिची, कागती, नास्पति, अनार, बाँसका प्रजाति, श्रीखण्ड, रक्तचन्दनको बोट उत्पादन हुन्छ ।” उनले भने, “चालू आर्थिक वर्षमा नर्सरीमा टनेल बनाउन कृषि ज्ञान केन्द्रबाट १ लाख रुपैयाँ अनुदान रकम मिलेको छ ।”
जेटिए पढेका धामीको परिवारका अन्य दाजुभाइले पनि यहाँ दुईओटा नर्सरी बनाएर बिरुवा उत्पादनमा गर्दै आएका छन् । “युवा स्वरोजगारमा सरकारले लगानी बढाएर युवालाई कृषि र नर्सरीमै लगाए पनि विदेशिनुपर्ने अवस्था आउँदैन”, धामीले भने, “कृषिमा बजेट भए पनि युवा अझै आयमूलक कामभन्दा मजदुरीकै लागि अन्यत्र जाने गइरहेका छन् ।”
पछिल्लो समय स्थानीयस्तरमै फलफूलका बिरुवा उत्पादन बढेपछि भारतबाट आयात गर्ने क्रम घटेको उनले बताए । “व्यावसायिकरूपले फलफूल लगाएर आम्दानी गरौँ भन्ने सोचको विकास भएको देखिँदैन”, धामीले भने, “मेहनत गरेर थोरै क्षेत्रफलमा नर्सरी बनाए पनि आम्दानी गर्न सकिन्छ ।” रासस
टोफिचु टड्का लिची (Toffichoo Tadka Litchi) बजारमा नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचु अन्तर्गत नयाँ टड्का लिची “टेष्टको नयाँ टिव्स्ट” को नारासहित बजारमा सार्वजनिक गरेको छ । टड्का लिचीमा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ । टोफिचु टड्का लिचीको विक्री मूल्य प्रतिगोटा २.५० रुपैयाँ […]
नेपाल कृषि प्रधान देशका रूपमा चिनिँदै आए पनि यहाँको कृषिक्षेत्रको विकास र उत्थानका लागि सरकारी तवरबाट भएका प्रयासहरूले आशा गरेअनुरूप सफलता मिलिरहेको छैन । तर, पछिल्लो समय निजीक्षेत्रको भूमिका बढ्दै गएको देखिन्छ ।
सरकारले कृषिक्षेत्रकै विकासका लागि स्थापना गरेका नेपाल कृषि अनुसन्धान परिषद् नार्क, कृषि सामग्री कम्पनी लिमिटेड, राष्ट्रिय फलफूल विकास केन्द्रलगायत पछिल्लो समय सञ्चालनमा ल्याएका फलफूल जोन, धान सुपरजोन र पकेट क्षेत्रहरूले पनि कृषिको पुनरुत्थानमा केही सकारात्मक भूमिका त निर्वाह गरे तर सरकारी तवरबाट भएका प्रयासहरू खासै प्रभावकारी हुन नसकिरहेका बेला पछिल्लो समय निजीक्षेत्रबाट गरिएका प्रयासहरूले भने नेपालको कृषिको पुनरुत्थान हुन सक्छ भन्ने आशा जगाएको छ ।
पछिल्लो समय नेपालका ठूला व्यापारिक घरानादेखि पूर्वराजनीतिज्ञलगायत अरूले पनि निजीक्षेत्रबाट कृषिमा ठूलो मात्रामा लगानी गरिरहेका छन् । नेपाललाई हरेक किसिमका कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ र कसरी भविष्यमा नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न समेत सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको छ । करीब वर्ष दिन अघि शुरू भएको राष्ट्रिय खाद्य बैंक लिमिटेड, दुई पटकसम्म मन्त्री बनेका पूर्वमाओवादी नेता लोकेन्द्र विष्टले शुरू गरेको ड्रागन फलको खेती, रियल इस्टेट, बैंक तथा वित्तीय संस्था र जलविद्युत्लगायत दर्जनौं व्यापारिक क्षेत्रमा लगानी गरेर सफलता हात पार्दै आएको गोल्यान समूह, रियल इस्टेट व्यवसायी दीपक मल्होत्राद्वारा सञ्चालित आईएमएस एग्रो कम्पनी निजीक्षेत्रबाट गरिएका प्रयासका ज्वलन्त उदाहरण हुन् ।
नेपालको ७७ ओटै जिल्लाका ७ सय ५३ ओटै स्थानीय तहमा कृषिक्षेत्रको विकासका लागि काम गर्ने उद्देश्यले २ अर्ब रुपैयाँको लगानीमा सञ्चालनमा आएको राष्ट्रिय खाद्य बैंक लिमिटेड निजीक्षेत्रबाट सञ्चालित कृषि उत्पादक कम्पनी हो । यसमा कृषिक्षेत्रका विज्ञहरू, प्राविधिक, सहकारी संस्थालगायत निजी कम्पनीहरू आबद्ध रहेका छन् । हालै मात्र यस कम्पनीले पाइलट प्रोजेक्टका रूपमा आपैm किसानसँग मिलेर धान, कोदो, फलपूmल र तरकारी उत्पादनमा सरिक भइरहेको छ ।
कम्पनीले हाल झापा, मोरङ, सुनसरी जिल्लामा ५५ बिगाहा जग्गा भाडामा लिएर धान, तरकारी र फलपूmल खेती गरिरहेको छ भने उक्त स्थानका स्थानीय किसानहरूसँग मिलेर ४ सय ५ बिगाहा जमीनमा बासमती धानको खेती गरेको छ ।
त्यसैगरी पोखराको हेम्जामा ३५ रोपनी जग्गा भाडामा र ३ सय १३ रोपनी जग्गामा किसानहरूसँग मिलेर जेठोबूढो नामक स्थानीय धानको खेती गरिएको छ । कम्पनीले दिएको जानकारीअनुसार यस बाहेक बर्दियामा पनि अहिले पाइलट प्रोजेक्टका रूपमा करीब ६० बिगाहा खेतमा धानखेती भइरहेको छ । यसमध्ये झापा र बर्दियामा करीब ५ बिगाहा जमीनमा राइस डक फार्मिङ प्रविधि अर्थात् एउटै जमीनमा हाँस र धानखेती गरिएको छ ।
पूर्वमाओवादी नेता तथा पूर्वमन्त्री लोकेन्द्र विष्टले शुरू गरेको ड्रागन फलको खेतीले पनि नेपाली कृषिको उत्थानका लागि भूमिका खेल्न सक्ने देखिएको छ । विष्टले दाङको बिजौरीस्थित घोराही तुलसीपुर सडकको किनारामा करीब २ वर्ष अघिदेखि ३ बिगाहाभन्दा बढी जमीन १५ वर्षका लागि भाडामा लिएर ड्रागन फलको खेती थालेका छन् । सिउँडी जातको भएकाले यो फलको खेती प्रायजसो दक्षिण अफ्रीकातिर हुने गरेको छ । नेपालमा पनि पानी नजम्ने तर सिँचाइ भएको जमीनमा यसको राम्रो खेती हुने भएकाले आपूmले खेती शुरू गरेको उनको भनाइ छ । यस फलको एउटै बोटबाट ६/७ सय रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।
रियल इस्टेटको क्षेत्रमा वर्षौंदेखि स्थापित भएर व्यवसाय गरिरहेका व्यवसायी दीपक मल्होत्रा पनि यतिबेला आईएमएस एग्रो नामक कम्पनी स्थापना गरी कृषिक्षेत्रको पुनरुत्थानमा लागि रहेका छन् । यस अघि उनले सम्हाल्दै आएका अन्य व्यवसायको जिम्मेवारीलाई भन्दा पनि कृषि कर्मलाई बढी समय दिँदै आएका उनले अबको आप्mनो पूर्ण ध्यान कृषिमा हुने बताएका छन् ।
आईएमएस कम्पनीले हाल पूर्वी नेपालको सुनसरी जिल्लामा आपैmले किनेको २५ बिगाहा जमीनमा १० करोड रुपैयाँको लगानीसहित स्ट्रवेरी, कागती, मेवा र तरबुजालगायत फलफूल खेतीको शुरू गरिसकेको छ । कपिलवस्तुको चन्द्रौटामा ८ बिगाहा जमीनमा अम्बा खेती र मनाङमा करीब ६ सय बिगाहा जमीन भाडामा लिएर स्याउ खेती शुरू गर्न लागेको छ । सुर्खेत र डोल्पा जिल्लामा समेत स्याउ र ओखरखेती गर्ने लक्ष्य लिइएको छ । मल्होत्राका अनुसार यस कम्पनीले कृषिक्षेत्रमा कुल ४ अर्ब रुपैयाँसम्म लगानी गर्ने योजना बनाएको छ । आईएमएस कम्पनीले शुरू गरेको यो व्यवसाय पूर्ण रूपमा सञ्चालन भइसकेपश्चात् ६ हजारभन्दा बढी नेपाली युवाले रोजगारी पाउनेछन् ।
नेपालमा हरेक वर्ष ५० अर्ब रुपैयाँको धान र चामल, २० अर्ब रुपैयाँको खानेतेल आयात हुने गर्छ भने आलु, गहुँ, मकै र भटमास गरी १ खर्ब रुपैयाँको आयात हुने गरेको सरकारी तथ्यांक छ । यस्तो अवस्थाको अन्त्य गरी आन्तरिक उत्पादन बढाउन र नेपाली मुद्रा विदेशिन नदिन निजीक्षेत्रले कृषिमा लगानी बढाउनैपर्ने हुन्छ ।
रियल इस्टेट, बैंक तथा वित्तीय संस्था र जलविद्युत् लगायत दर्जनौं व्यापारिक क्षेत्रमा लगानी गरेर सफलता हात पार्दै आएको गोल्यान समूहले पनि पछिल्लो समय माटो ब्रान्ड नाम दिएर अग्र्यानिक कृषिजन्य वस्तुको उत्पादन गर्दै आएको छ । यो समूहले पूर्वी नेपालको झापा जिल्लामा करीब २ सय बिगाहा जमीनमा तरकारी, धान, गहुँखेती गरेको छ । त्यस्तै आँप, लिची, मेवा, स्ट्रबेरीलगायत फलफूलको खेती पनि गरिरहेको छ । कुल लगानी यति बेला ८२ करोड रुपैयाँभन्दा धेरै रहेको समूहले बताएको छ ।
कोरोना महामारीका कारण अन्य व्यवसाय थलिए पनि निजीक्षेत्रबाट कृषिमा गरिएको लगानी सह्राहनीय देखिन्छ । कुनै पनि क्षेत्रको विकास हुनका लागि सरकारी लगानी मात्र पर्याप्त हुँदैन, यसमा निजीक्षेत्रको अहम् भूमिका हुन्छ । सरकारी अधिकारीहरूले पनि यस तथ्यलाई स्वीकारेका छन् ।
गर्मी मौसममा लिची बजारमा सजिल्यै पाउन सकिन्छ । स्वादिष्ट फल लिची पोषक तत्वले भरिपूर्ण हुन्छ । लिचीले रोग प्रतिरोधात्मक क्षमता बढाउन र तौल घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ । फ्रि रेडिकल्सबाट बचाउँछ फ्रि रेडिकल्सले शरीरका कोशिकाहरुलाई बिगार्ने काम गर्छ । जसले गर्दा शरीरमा गम्भीर बिरामीहरु लाग्ने गर्छ । लिचीमा भिटामिन सी र फ्लेवोनोयडले भरपूर हुन्छ । यसले कोशिकाहरुलाई बिगार्नबाट बचाउँछ । लिचीले मुटु, क्यान्सर र आर्थराइटिस जस्ता रोगहरुबाट बचाउँछ । लिचीमा हुने एन्टिअक्सिडेन्टले शरीरमा भएका वि
गर्मीमा गर्मी हुँदैन, मन भरिने फल मिल्यो भने ! लिची यही गर्मीयाममा फल्ने गुलियो मिठो स्वादको लोकप्रिय फल हो । कार्बोहाइड्रेड, क्याल्सियम, भिटामिन सी, पोटासियम, फस्फोरस र फलाम जस्ता स्वास्थ्यवर्धक गुणले भरिपूर्ण हुन्छ यो फल । पाँच/छ दिनअघिसम्म गर्मी उकालो लाग्दै थियो, युद्धको सिपाही जस्तै आक्रामक बनेर । सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा उच्च तापक्रमले नयाँ रेकर्ड बनायो । त्यस्तै अन्य हिमाली क्षेत्रमा समेत अस्वाभाविक गर्मीले जनजीवन कष्टकर बन्यो ।