काठमाडौं (अस) । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ प्रबर्द्धन गर्न आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ मोबाइल सेवाप्रदायक कम्पनी एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।
सुविधामार्फत बैंकका ग्राहकले एनसेलको डाटा प्रयोग गरी एनआईसी एशिया मोबैंक एप, आईसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न सक्नेछन् । ग्राहकले एनआईसी एशिया मोबैंक एपमा अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्नेलगायतका सुविधा निःशुल्क लिन सक्नेछन् । बैंकले ग्राहक सुविधा एवं डिजिटल बैंकिङमा अभ्यस्त गर्ने उद्देश्यले ल्याएको निःशुल्क यी सेवा तथा इन्टरनेट बैंकिङ प्रयोग सुविधा एनसेलका ग्राहकलाई उपलब्ध हुनेछ । हाल बैंकले ३५८ शाखा, ४७३ एटीएम, ७० विस्तारित काउन्टर एवं ८१ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ