एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप अब खाता नहुनेले पनि प्रयोग गर्न सक्ने

एनआईसी एशिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले एमपलाई स्तरोन्नति गरेको जनाएको छ । जसमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न...

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टमर केयर सेवा

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एप एनआईसी एसिया मोबैंकमा डिजिटल कारोबारका माध्यमबाट ग्राहकलाई सेवा दिने उद्देश्यले कस्टमर केयर सेवा सुरु गरेको छ । ग्राहकको समस्या यथाशीघ्र समाधान गर्न एनआईसी एसिया मोबैंकमार्फत नयाँ सेवा सुरु गरिएको बैंकले बताएको छ । ‘डिजिटल फस्ट बैंक’ नारासहित दीर्घकालीन रणनीतिअनुरूप आफ्ना सेवा–सुविधालाई डिजिटलमैत्री बनाउने क्रममा कस्टमर केयरबाट डिजिटल बैंकिङ प्रवर्द्धनमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकको एनआईसी एशिया मोबैंक एपभित्र रहेको कस्टमर केयर आइकनमा ट्याप गरेपछि मोबाइल बैंकिङ एपभित्र रहेका सुविधाभित्र ग्राहकले बैंकको अनलाइन सेवा, इन्टरनेट, मोबाइल, भाइबर, मिस्डकल बैंकिङ तथा क्यूआर मर्चेन्ट भुक्तानी, विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसनलगायतका सुविधा च्याटमार्फत प्राप्त गर्न सकिनेछ । यस्तै, बैंकका प्रतिनिधिसँग सीधा सम्पर्क गरेर ग्राहकले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाइन खाता, रेमिट्यान्स आदिबारे थप जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ । भिडियो ट्युटोरियलबाट बैंकका डिजिटल सेवाको प्रयोग गर्ने तरिकाबारे तयार गरिएको जानकारीमूलक भिडियो सामग्रीसमेत ग्राहकले हेरेर आफैं उपभोग गर्न सक्नेछन् । बैंकले हाल ३५२ शाखा, ४७१ एटिएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।