काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ । काठमाडौंमा चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुने जनाइएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्न अन्तिम तयारी गरिएको जानकारी दिए । यसका लागि उनकै अध्यक्षतामा बुधबार सामाजिक समितिको बैठक बसेको थियो । […]
मोटरसाइकल दुर्घटनमा परी राष्ट्रिय क्रिकेटर मीनश थापाको निधन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले थापाको मृत्युको पुष्टि गर्दै दु:ख व्यक्त गरेका छन्।