काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले धादिङका साना किसान तथा लघु उद्यमीहरुलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केटस् लिमिटेड र धादिङ उद्योग बाणिज्य संघबीच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।