काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी चोकमा दिनदहाडै चोरी भएको छ । काँडाघारीस्थित चन्द्रप्रकाश कोइरालाको घरबाट बुधबार दिउँसो सुनका गरगहना र नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।नगद र गहनासहित गरेर करिब ७ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको पीडित पक्षले दाबी गरेका छन् । घटनाबारे प्रहरी प्रभाग काँडाघारी र वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।