लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने खेल : सांसद कहिले एमाले, कहिले माओवादी केन्द्र

लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने सत्ता राजनीतिको खेलअन्तर्गत सांसदहरूले आफ्नो दल फेरबदल गर्ने सिलसिला जारी रहेको छ ।मुख्यमन्त्री शंकर पोखरेल संसद्को अंकगणितमा अल्पमतमा परेपछि सांसद विमला वली एकाएक शनिबारदेखि सम्पर्कविहीन हुनुभएको थियो । सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनले वलीको हस्ताक्षरसहित बहुमतको सरकार गठन गर्न निवेदन दिएलगत्तै आफू एमालेमा फर्केको भन्दै विज्ञप्ति आयो ।तर, उहाँ बुधबार बिहान फेरि माओवादी केन्द्रमा फर्किनुभएको छ । उहाँ बुधबार बिहान प्रदेश सभा सचिवालयसँ

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभामा एमालेको अवरोध अन्त्य

१० जेठ, बुटवल । लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेकपा एमालेले गर्दै आएको अवरोध अन्त्य भएको छ । स्वतन्त्र सांसद अजय शाही र नेकपा विभाजनपछि माओवादी केन्द्र रोजेकी विमला खत्री वलीलाई आफ्नो सांसद दावी गर्दै एमालेले उनीहरुलाई कारवाही नगरिएको विषय उठाएर ६ महिनादेखि प्रदेश सभा वैठक अवरुद्ध गर्दै आएको थियो । प्रदेश सभाको १० […]

सांसद बन्धक बनाइनु राजनीतिमा हदैसम्मकाे क्रियाकलाप : माओवादी केन्द्र

काठमाण्डाै – सत्ता साझेदार नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभाका आफ्नाे पार्टीकी सांसद विमल वलीलाई 'बन्धक बनाएकाे' घटनाप्रति आपत्ति जनाएकाे छ ।  नेकपा माओवादी केन्द्रको शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सांसद वलीलाई मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा बन्धक बनाएको घटनाप्रति आपत्ति जनाउँदै घोर निन्दा र भत्सर्नासमेत गरेको हाे । माओवादीले याे प्रकरण लोकतन्त्र, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथि लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भएको ठान्दै यसलाई...

माओवादी नेतालाई सांसद वलीको म्यासेज : 'म माओवादीमै छु'

लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीको माओवादी केन्द्र संसदीय दलका नेता कुलबहादुर केसीलाई म्यासेज गरेकी छन् । बुधबार बिहान गरेको उक्त मोबाइल म्यासेजमा मोबाइलमा सांसद वलीले आफू माओवादी केन्द्रमै रहेको जानकारी दिएकी...

सूर्य चिह्नबाट चुनाव जितेकाले एमालेमै फर्किएँः सांसद वली

काठमाडौं। लुम्बिनी प्रदेश सांसद विमला वली नेकपा एमालेमै फर्किएकी छन्। सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेर माओवादी केन्द्र र एमाले ब्युँताएपछि दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित वलीले माओवादी केन्द्र रोजेकी थिइन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई एमाले कित्तामा उभ्याएकी हुन्। विज्ञप्तिमा उनले सूर्य चिह्नबाट चुनाव जितेकोले माओवादी रोज्न मन नलागेर एमाले रोजेको बताएकी छन्।

लुम्बिनी प्रदेश सांसद विमला ओली सम्पर्कविहीन

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलले सांसद् विमला खत्री (ओली) सम्पर्क विहीन भएको बताएको छ । प्रदेशसभा सदस्य खत्री शुक्रबार बिहानदेखि सम्पर्क बिहीन बनेको संसदीय दलका सचेतक तुलाराम घर्तीले...

लुम्बिनीकी सांसद विमला वली सम्पर्कविहीन !

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली सम्पर्कविहीन भएका नेकपा माओवादी केन्द्रले जनाएको छ । नेकपा हुँदा सूर्य चिह्नबाट चुनाव जितेकी वलीले पार्टी विभाजनपछि माओवादी केन्द्र रोजेकी थिइन् । लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर ‘वसन्त’ले सांसद वली शुक्रवार बिहानदेखि सम्पर्कविहीन रहेका जानकारी दिए । लोकान्तरसँग कुराकानी गर्दै घर्तीमगरले वलीसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको बताए । लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख अमिक शेरचन आएपछि सरकार परिवर्तनको खेल हुनसक्ने चर्चाबीच ...

पुनर्बहाली माग गर्दै दुई सांसद सर्वोच्चमा

काठमाडौं, साउन १५ । पार्टी परिवर्तनपछि बर्खास्तीमा परेका लुम्बिनी प्रदेशका दुई सांसद सर्वोच्च अदालत पुगेका छन्। माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि सांसद पदबाट हटाइएका प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। नेपालको संविधान र माओवादी केन्द्र संसदीय दलको विधानविपरीत आफूहरूलाइ प्रदेशसभा सदस्यबाट हटाइएको भन्दै उनीहरूले सर्वोच्चमा […]

प्रदेश सांसद डाँगीले दिए सांसद पदबाट राजीनामा

दाङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभाका एमाले सांसद अमरबहादुर डाँगी क्षेत्रीले पदबाट बुधवार राजीनामा दिएका छन् । उनी मंगलवार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको माओवादी नेताहरुले बताएका थिए । डाँगीले बुधवार दिउँसो लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।  प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले राजीनामा दिएसँगै प्रक्रिया अगाडि बढाइएको लोकान्तरलाई जानकारी दिए । ‘उहाँले राजीनामा दिएसँग संविधानको धारा १८० (क) बमोजिम उहाँको स्थान...