पक्की सडकमा नागरिकको पहुँच बढाइने

काठमाडौँ,१३ कार्तिक । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा आधा घण्टाभित्र पक्की सडक पुग्ने जनसङ्ख्या ७५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरिएको पार्टीको सङ्कल्प पत्रमा राष्ट्रिय पूर्वाधार रणनीतिमा आयोजनाको पहिचान, प्राथमिकीकरण, पाइपलाइन, लगानीका वित्तीय उपकरणको यथोचित प्रयोग, संस्थागत संरचना, निगरानी तथा मूल्याङ्कनजस्ता विषयलाई समेटिएको […]

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छः  मन्त्री बस्नेत

भक्तपुर – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्। भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उनले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमाङ्कन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिए। उनले भने, “कतिपय योजना […]

एक वर्षमा ९ सय मेगावाट विद्युत् उत्पादन गरिने

काठमाडौं । आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍गाउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिन अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।  उनले एक वर्षभित्र नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा थप गरिने उनले बताएका छन् । आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रति व्यक्ति विद्युत खपत वृद्धि गरी ४ सय ५० किलोवाट घण्टा पुर्‍याइने उनले बताए । नेपाल विद्युत प्राधिकरणबाट प्रवर्द्धित १ सय ११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२।५ मेगावाटको सान्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्द्धित जलविद्युत र सोलार आयोजना सम्पन्न१ गरी आगामी आर्थिक वर्षमा करीब ९ सय मेगावाट विद्युत राष्ट्रिनय प्रसारण प्रणालीमा थप गरिने उनले बताए । आगामी आर्थिक वर्षको अन्त्यसम्म कुल विद्युत उत्पादन ३ हजार ६ सय मेगावाट पुग्नेछ भएको छ ।  रणनीतिक महत्त्व रहेको पश्चिम सेती जलविद्युत परियोजना, सेती रिभर ६, तल्लो अरुण लगायतका जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माण कार्य अघि बढाइ उनले बताए । सुख्खा यामको विद्युत माग सम्बोधन गर्न र जलविद्युत निर्यात गर्न १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी र ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तय गरी निर्माण कार्य अघि बढाइने उनले बताए ।  संघ, प्रदेश र स्थानीय तहको सह लगानीमा १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण, २१० मेगावाट क्षमताको चैनपुर सेती, १०६ मेगावाट क्षमताको जगदुल्ला, ९९.९ मेगावाट क्षमताको तामाकोशी पाँचौ, ७०.३ मेगावाट क्षमताको सिम्बुआ खोला तथा ७७।५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनाहरूको निर्माण शुरू गरिने उनले बताए । गत वर्ष सरकारले उर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको थियो । यस वर्ष ८७ अर्ब ४५ करोड रुपैयाँ छुट्याएको छ । यो वर्ष १२ अर्ब ३५ करोड रुपैयाँ उर्जा क्षेत्रको विकासका लागि बजेट वृद्धि गरिएको हो ।

विपन्न लक्षित लघु आवास कर्जाको पहुँच बढाइने

कम आय भएका परिवारहरुलाई लघु आवास कर्जाको पहुँच बढाइने भएको छ। विभिन्न लघुवित्तहरुले कम आय भएका र आवास बनाउन कठिन पर्ने परिवारलाई यस्तो सुविधा दिने बताएका हुन्। मंगलबार नेपाल लघुवित्त बैंकर्स...

आगामी वर्षको बजेट कृषि उत्पादनमा केन्द्रीत हुन्छ : अर्थमन्त्री शर्मा

सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि उत्पादन बढाउन केन्द्रीत गर्ने भएको छ । विदेशबाट बढ्दो कृषिजन्य वस्तुको आयात न्यूनीकरण गर्न स्वदेशमै कृषि उत्पादन बढाउनतर्फ आगामी आर्थिक वर्षको बजेट केन्द्रीत गरिने भएको हो ।अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा विनियोजन बजेट पेस गर्दै आगामी वर्षमा कृषि क्षेत्रलाई विषेश प्राथामिकतामा राखिने जानकारी दिए । उनले कृषि उत्पादन वृद्धि गर्न कृषि अनुसन्धान, मल, बिउ, तालिम र प्राविधि, मेसिनरी सामानमा किसानको पहुँच बढाइने जानकारी दिए ।यस्तै, किसानलाई यी वस्तुको

सोलार मिनी ग्रिड स्थापना

जाजरकोट । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनी ग्रिड स्थापना गरेको छ । चार सय १७ घरधुरीलाई पुग्ने गरी उक्त मिनी ग्रिड स्थापना गरिएको कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । विद्युत्को पहुँच नपुगेको उक्त गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाई बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुवार सिंहले सो मिनी ग्रिडको उद्घाटन गर्दै ठाउँ अनुसार यस्ता खालका योजना अगाडि बढाइने बताए । ‘बत्ती बाल्ने मात्र नभई कुटानीपिसानीको कामसमेत यही पावरबाट हुनेछ,’ उनले भने । सदरमुकामबाट ७२ किलोमिटर उत्तर पूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखालगायत गाउँमा सोलारबाट विद्युतीकरण हुन लागेपछि आफूहरू उत्साहित भएको स्थानीय खड्कविक्रम शाहीले बताए । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै जनतालाई उज्यालो पुर्‍याउने उद्देश्यसहित काम गरिरहेको बताए । तीन तहकै सरकारसँग सहकार्य गर्दै विकास निर्माणका कामलाई तीव्रता दिइएको उनले जानकारी दिए । कर्णालीका १० जिल्लामा विद्युतीकरण र साना लद्युजलविद्युत् आयोजनाको अवस्थाका बारेमा हप्ता दिनभित्र रिपोर्ट पेश गर्न निर्देशन दिएका मन्त्री सिंहले कर्णालीमा विद्युत्को समस्या भारी भएको भन्दै समाधानको बाटो खोजिने बताए । नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाटको निर्माणका लागि बाँधस्थल रहेको बारेकोटमा मन्त्री सिंहले तत्काललाई सबैलाई अँध्यारोबाट मुक्त गराउन यो पहल गरिएको बताए । कम लगानीमा तत्काल निर्माण गरी प्रतिफल लिन सकिने योजनासमेत निर्माण थालिएको उनले बताए । रासस

बारेकोटमा सोलार मिनिग्रेट

जाजरकोट : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनिग्रेट स्थापना गरेको छ।४१७ घरधुरीलाई पुग्ने गरी उक्त मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए। विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाई बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए।बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गर्दै ठाउँअनुसार यस्ता खालका योजनाहरू अगाडि बढाइने बताए।

जाजरकोटमा १७० किलोवाट क्षमताको सोलार मिनिग्रिड स्थापना

फागुन १९, जाजरकोट । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनिग्रिड स्थापना गरेको छ ।  ४१७ घरधुरीलाई पुग्ने गरी उक्त मिनिग्रिड स्थापना गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । विद्युत्को पहुँच नपुगेको उक्त गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाई बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए ।  बुधवार सिंहले सो मिनिग्रिडको उद्घाटन गर्दै ठाउँअनुसार यस्ता खालका योजना अगाडि बढाइने बताए । उनले भने, ‘बत्ती बाल्ने मात्र नभई कुटानीपिसानीको कामसमेत यही पावरबाट हुनेछ, तपाइँको दुःख नै हाम्रो दुःख हो, हामी दुःखसुखका साथी पनि भएको भरोसा दिलाउन चाहान्छु ।’ सदरमुकामबाट ७२ किलोमिटर उत्तर पूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखालगायतका गाउँमा सोलारबाट विद्युतीकरण हुन लागेपछि स्थानीयवासी खुसी भएका खड्कविक्रम शाहीले बताए ।  गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै जनतालाई उज्यालो पुर्‍याउनका लागि काम गरिरहेको बताए । तीन तहकै सरकारसँग सहकार्य गर्दै विकास निर्माणका कामलाई तीव्रता दिइएको उनले जानकारी दिए ।  कर्णालीका १० जिल्लामा विद्युतीकरण र साना लद्युजलविद्युत् आयोजनाको अवस्थाका बारेमा हप्ता दिनभित्र रिपोर्ट पेश गर्न निर्देशन दिएका मन्त्री सिंहले कर्णालीमा विद्युत्को समस्या भारी भएको भन्दै समाधानको बाटो खोजिने बताए ।  नलगाड जलविद्युत् आयोजना ४१७ मेघावाटको निर्माणका लागि ड्यामस्थल रहेको बारेकोटमा मन्त्री सिंहले तत्काललाई सबैलाई अँध्यारोबाट मुक्त गराउन यो पहल गरिएको बताए ।  कम लगानीमा तत्काल निर्माण गरी प्रतिफल लिन सकिने योजनासमेत निर्माण कार्य थालिएको उनले बताए । रासस

पुनरुत्थान लक्षित कर्जामा पहुँच बढाइने

कोभिड–१९ बाट प्रभावित क्षेत्रको पुनरुत्थानका लागि ल्याइएको कर्जामा पहुँच बढाइने भएको छ । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको शुक्रबारको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको...