जाजरकोट : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनिग्रेट स्थापना गरेको छ।४१७ घरधुरीलाई पुग्ने गरी उक्त मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए। विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाई बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए।बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गर्दै ठाउँअनुसार यस्ता खालका योजनाहरू अगाडि बढाइने बताए।