एक वर्षमा ९ सय मेगावाट विद्युत् उत्पादन गरिने

काठमाडौं । आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍गाउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिन अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।  उनले एक वर्षभित्र नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा थप गरिने उनले बताएका छन् । आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रति व्यक्ति विद्युत खपत वृद्धि गरी ४ सय ५० किलोवाट घण्टा पुर्‍याइने उनले बताए । नेपाल विद्युत प्राधिकरणबाट प्रवर्द्धित १ सय ११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२।५ मेगावाटको सान्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्द्धित जलविद्युत र सोलार आयोजना सम्पन्न१ गरी आगामी आर्थिक वर्षमा करीब ९ सय मेगावाट विद्युत राष्ट्रिनय प्रसारण प्रणालीमा थप गरिने उनले बताए । आगामी आर्थिक वर्षको अन्त्यसम्म कुल विद्युत उत्पादन ३ हजार ६ सय मेगावाट पुग्नेछ भएको छ ।  रणनीतिक महत्त्व रहेको पश्चिम सेती जलविद्युत परियोजना, सेती रिभर ६, तल्लो अरुण लगायतका जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माण कार्य अघि बढाइ उनले बताए । सुख्खा यामको विद्युत माग सम्बोधन गर्न र जलविद्युत निर्यात गर्न १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी र ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तय गरी निर्माण कार्य अघि बढाइने उनले बताए ।  संघ, प्रदेश र स्थानीय तहको सह लगानीमा १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण, २१० मेगावाट क्षमताको चैनपुर सेती, १०६ मेगावाट क्षमताको जगदुल्ला, ९९.९ मेगावाट क्षमताको तामाकोशी पाँचौ, ७०.३ मेगावाट क्षमताको सिम्बुआ खोला तथा ७७।५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनाहरूको निर्माण शुरू गरिने उनले बताए । गत वर्ष सरकारले उर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको थियो । यस वर्ष ८७ अर्ब ४५ करोड रुपैयाँ छुट्याएको छ । यो वर्ष १२ अर्ब ३५ करोड रुपैयाँ उर्जा क्षेत्रको विकासका लागि बजेट वृद्धि गरिएको हो ।  

सम्बन्धित सामग्री

मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्दै

लमजुङ– जिल्लामा रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा कूल क्षमताभन्दा करिब २१/२२ मेगावाट नै विद्युत् उत्पादन घटेको छ ।  मस्र्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यतिबेला दैनिक […]

मध्यम मर्स्याङ्दीमा विद्युत् उत्पादन घट्दै

लमजुङ- लमजुङ जिल्लामा रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ। आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो। बेँसीसहर नगरपालिका- १ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा कूल क्षमताभन्दा करिब २१-२२ मेगावाट नै विद्युत् उत्पादन घटेको छ। मर्स्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यतिबेला दैनिक ४८-४९ […]

वढ्यो मर्स्याङ्दीमा विद्युत् उत्पादन

तनहुँ – अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाव बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो । सुक्खायाममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो । हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिए […]

मर्स्याङ्दीमा विद्युत् उत्पादन वृद्धि

अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाउ बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो ।सुक्खा याममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो । हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिए । केन्द्रका तीन युनिटबाट २३–२३ मेगावाटका दरले  विद्युत् उत्पादन भइरहेको छ । तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्ल

सोलारबाट विद्युत् उत्पादन

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणाधीन सोलार आयोजनाबाट भदौसम्म विद्युत् उत्पादन हुने भएको छ । भदौ १५ गतेभित्र पाँच मेगावाट विद्युत् उत्पादन गर्ने गरी धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।विसं २०७६ साउनमै निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजना कोरोना कहरका कारण ढिलाइ भएको सोलार फार्म प्रालिका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए । “सम्झौताअनुसार पहिल्यै विद्युत् उत्पादन भइसक्नुपर्ने थियो तर कोरोना कहरका कारण काममा ढिलाइ हुँदा प्रगति हुन सकेन”, उनले भने, &ldqu

मध्यमर्स्याङ्दीकाे विद्युत् उत्पादन सुरु

वर्षासँगै आएको बाढीले विद्युत् उत्पादन बन्द भएको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन सुचारु भएको छ । बाढीले १ सय ३२ केभी प्रसारण लाइनको ९ नम्बर टावर बगाएपछि केन्द्रबाट विद्युत्...

मध्यमर्स्याङ्दीमा विद्युत् उत्पादन बन्द

वर्षासँगै आएको बाढीले लमजुङमा रहेको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको  विद्युत् उत्पादन बन्द भएको छ । बाढीले १ सय ३२ केभी प्रसारण लाइनको ९ नम्बर टावर बगाएपछि शनिबार रातिदेखि नै विद्युत्...

मध्यमस्र्याङदी आयोजनामा विद्युत् उत्पादन बन्द

लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ ।अविरल वर्षासँगै मस्र्याङदी नदीमा आएको बाढीका कारण आयोजनाको विद्युत् उत्पादन बन्द भएको हो ।बालुवा धेरै थुप्रिएर सुरुङबाट पानी पठाउन समस्या भएपछि शनिबार रातिदेखि नै विद्युत् उत्पादन बन्द भएको आयोजना प्रमुख शिवकुमार साहले बताए ।मध्यरातमा विद्युत् ट्रिपिङको समस्या आएकाले राती १ः३० बजे एउटा […]

मर्स्याङ्दीमा ६९ मेगावाट विद्युत् उत्पादन

तनहुँ। जिल्लाको आँबुखैरेनी–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको छ। गत बिहीबार बिहानदेखि शनिबार साँझसम्म परेको अबिरल वर्षाका कारण नदीमा पानीको बहाब बढेपछि साविकको अनुपातमा विद्युत् उत्पादन भएको हो। सुख्खा याममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाका पानी कम हँुदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको थियो। रासस

माथिल्लो तामाकोसीले वैशाखभित्रै विद्युत् उत्पादन सुरु गर्ने

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले वैशाख महिनाभित्रै विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।संसद्को अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु हुने जानकारी गराएका हुन् । उनले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम तीव्र पारिएको बताए । उनले भने, “आजको […]