सुदूरपश्चिम प्रदेश सरकारले कृषिलाई मुख्य प्राथमिकता दिएर कृषि क्षेत्रको बजेट दोब्बर गरेको छ । कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने भन्दै प्रदेश सरकारले मुख्यमन्त्री कृषि कार्यक्रमसमेत सञ्चालन गरेको छ ।
तर रोपाइँ सिजन आधा हुन लाग्दासमेत सुदूरपश्चिम प्रदेशका किसानले रासायनिक मल पाएका छैनन् । किसानले मल अभाव भएको भन्दै हरेक सिजनमा आन्दोलन गर्दै आए पनि प्रदेश सरकारले सयममा मल उपलब्ध गराउन क्रियाशील नभएको हो ।