काठमाण्डाै – काठमाण्डौको मैतीदेवीमा क्लिनिक सञ्चालन गर्ने डा. दिलजान मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको भन्दै नेपाल मेडिकल काउन्सिलले सचेत गराएको छ । क्लिनिकमा गैरव्यावसायिक ढङ्गले उपचार गर्ने गरेको भन्दै उजुरी परेपछि छानबिन गरेको काउन्सिलले डा. मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहरसहित वैज्ञानिक मूल्य, मान्यताअनुसार मात्र बिरामीको उपचार गर्न सचेत गराएको छ ।डा. मन्सुरले उपचारका लागि आएका सबै बिरामीलाई एउटै कक्षामा राखी स्थापित वैज्ञानिक मूल्य, मान्यता विपरीत एकै प्रकारको परामर्श गरेक...