नेपालमा डाक्टरहरूको अवस्था र सक्रियताबारे नेपाल मेडिकल काउन्सिलले खोजी शुरू गरेको छ ।
विगत २७ वर्षदेखि काउन्सिलमा डाक्टरहरूले आफ्नो अवस्था जानकारी नगराएका कारणले उनीहरूको अवस्था र सक्रियताबारे तथ्यांक अद्यावधिक गर्नका लागि सूचना नै जारी गरेर सम्पर्कमा आउन भनेको काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।
‘विगत लामो समयदेखि मेडिकल काउन्सिलमा डाक्टरहरूको अवस्था के छ भन्ने जानकारी छैन, त्यसका लागि हामीले डाक्टरहरूलाई आफ्नो अवस्थाको बारेमा जानकारी दिनका लागि सूचना निकालेर अद्यावधिक गर्न भनेका हौं,&...