महाधिवेशनमा मतपेटिका बने ५०० लिटरका खाली पानीट्यांकी

काठमाडौं : नेपालीको १४औँ महाधिवेशनअन्तर्गत हुने मतदानमा पानीको खाली ट्यांकीलाई मतपेटिका बनाइएको छ।राष्ट्रिय सभागृहमा हुने पार्टीको निर्वाचनमा ५०० लिटरका खाली पानीट्यांकीलाई नै  मतपेटिकाको  व्यवस्था मिलाइएको छ र ती मतपेटिकाहरू राष्ट्रिय सभागृह पुर्याकइसकिएको छ।देशभरबाट महाधिवेशनका लागि आएका ४७ सय ४३ प्रतिनिधिले मतदान गर्नेछन्। मतदाता र उम्मेदवार नै धेरै हुने भएकाले मतपेटिकाका लागि ठूलो ट्यांकीको व्यवस्था गरिएको हो।यति ठूलो संख्यामा र यति ठूलो आकारमा मतपेटिका नचाहिने भए तापनि धेरै स्थानम

सम्बन्धित सामग्री

उत्तरी गोरखामा मतपेटिका हेलिकप्टरबाट ल्याइयो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको मतपेटिका हेलिकप्टर मार्फत ढुवानी सुरु गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ढुवानी भइरहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए । सो क्षेत्रमा रहेको २२ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी हुने उनले बताए ।

नार्पाभूमिको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने

मनाङ - हिमाली जिल्ला मनाङको सबैभन्दा उचाइ र विकट क्षेत्रको मतपेटिका आज हेलिकप्टरमार्फत ल्याइने भएको छ। यहाँको मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको हो। हालसम्म सडक पहुँचमा नपुगेको नार्पाभूमि गाउँपालिकाका सबै मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनुभयो । “चार हजार दुई सय मिटर उचाइमा रहेको मतदान केन्द्रबाट मतपेटिका ल्याउँदा हिउँमा समस्या हुनसक्छ भनेर हेलिकप्टरको व्यवस्थापन गरिएको हो”, उहाँले भन्नुभ...

गोरखामा मतपेटिका सङ्कलनकाे काम चल्दै, चुमनुब्रीको मतपेटिका हेलिकप्टरबाट ल्याइने

गाेरखा – गोरखामा मतपेटिका सङ्कलनकाे काम सुरु भएकाे छ । चुमनुब्री गाउँपालिकाको २२ केन्द्रका मतपेटिका ६ ठाउँमा केन्द्रित गर्ने र अन्य पालिकाका मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम सु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  चुमनुब्रीको मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट सदरमुकामसम्म ल्याइने छ । सामागाउँ र नामरुङमा नजिकका आठ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलन गरिनेछ भने चुम्लिङ र झुङमा नजिकका छ वटा केन्द्रको मतपेटिका सङ्कलन गरिनेछ । यस्तै घुम्मत र सल्लेरीमा नजिकका आठ व...

के मतपेटिका साट्न सम्भव हुन्छ ?

३ मंसिर, काठमाडौं । निर्वाचनका क्रममा कतिपय दलका नेता तथा उम्मेदवारहरुले मतपेटिका साटिने गरेको आरोप लगाउँछन् । मतदाताहरुले समेत मतपेटिका साटिने हो कि भनी शंका गर्छन् । निर्वाचनको निष्पक्षता र स्वच्छतामा नै प्रश्न उठ्ने गरी हुने यो खालको टीकाटिप्पणीबारे हामीले निर्वाचन आयोगका अधिकारीहरुलाई सोधेका छौं । मतदान हुनुअघिदेखि मतगणनासम्म विभिन्न सुरक्षा र विश्वसनीयताका उपाय अपनाइने […]

हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन

नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकोप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको हो । न्यालु लेकमा हिमपातको कारण ती मतदानस्थलबाट मतपेटिका संकलन गर्न सकिएको थिएन । ती तीन स्थानका मतपेटिका आज नेपाली […]

लाङटाङको मतपेटिका सदरमुकाम धुन्चे आइपुग्यो

रसुवा– रसुवाको पर्यटकीय क्षेत्र लाङटाङबाट मतपेटिका सदरमुकाम धुन्चे आइपुगेको छ । स्थानीय तहको निर्वाचनको क्रममा शुक्रबार भएको मतदानको मतपेटिका पैदलमार्गबाट सदरमुकाम धुन्चे ल्याइएको हो । पहिले हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी गरिए पनि बोकेरै मतपेटिका ढुवानी गर्न सर्कुलर भएअनुसार शनिबार मात्रै मतपेटिका आइपुगेको हो । लाङटाङको मतपेटिका ल्याइएसँगै गोसाईकुण्ड गाउँपालिकाको मतगणना तत्काल सुरु गर्ने मुख्य […]

हेलिकप्टर मार्फत मतपेटिका ल्याइँदै

व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको  । दुई मतदान केन्द्र रहेको वडा नं १ को मतपेटिका छाङ्गरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो ।

मतपेटिका नै बाेकेर भागे मतदाताहरू

उनीहरु मतपेटिका लिएर भागेपछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ। सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेका हुन्।...

के मतपेटिका साट्न सम्भव हुन्छ ?

२९ वैशाख, काठमाडौं । केही दिनअघि एक राजनीतिक दलका शीर्ष नेताले आफ्नो कार्यकर्ताहरूलाई मतदानपछि मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउने बेला विशेष चनाखो हुन आग्रह गरे । उनले बिच बाटोमा मतपेटिका साटिनसक्ने भन्दै सतर्क हुन आग्रह गरेका थिए । निर्वाचनको निष्पक्षता र स्वच्छतामाथि नै प्रश्न उठ्ने गरी उनले गरेको टिप्पणी निर्वाचन आयोगप्रति लक्षित थियो । कतिपय व्यक्तिहरूले मतदान […]

स्थानीय चुनावमा आयोगले नयाँ मतपेटिका नकिन्ने

निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा अघिल्लो पटकको चुनावमा प्रयोग भएका मतपेटिका नै प्रयोग गर्ने भएको छ । चुनावका लागि ५५ देखि ६० हजार मतपेटिका चाहिनेमा सो सङ्ख्याको मतपेटिका आयोगसँग मौज्दात रहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए ।सो सङ्ख्याका मतपेटिका आयोगसँग मौज्दात रहेकाले खरिद गर्नु नपर्ने भएको हो । तर मतपत्र ठुलो भएको अवस्थामा केही मात्रामा द्रुत प्रक्रियाबाट ठुला आकारको मतपेटिका खरिद गर्नुपर्ने हुनसक्ने अर्यालको भनाई छ । सहप्रवक्ता अर्यालले भने, &lsq