३.६९ % बढ्यो नेप्से परिसूचक, जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको बढी आकर्षण

वैशाख १४, काठमाडौं । यो साता दुई कारोबार दिन लगातार उच्च अंकले घटेको बजार तेस्रो दिन मंगलवार भने ३ दशमलव ६९ प्रतिशत बढेको छ । यसदिन ९२ दशमलव ४६ अंक बढेर नेप्से परिसूचक २ हजार ५९९ दशमलव शून्य ७ विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतवार ७५ दशमलव ७९ अंक र सोमवार ६५ दशमलव ५८ अंक बजार घटेको हो । सोमवार २ हजार ५०६ दशमलव ६१ विन्दुमा बन्द भएको बजार मंगलवार २ हजार ५०६ दशमलव ५२ विन्दुदेखि खुलेको हो । उता, सेन्सेटिभ इन्डेक्स पनि मंगलवार ३ दशमलव २० प्रतिशत बढेको छ । १४ दशमलव ४८ अंक बढेर सेन्सेटिभ इन्डेक्स ४६७ दशमलव २८ विन्दुमा पुगेको हो । मंगलवार नेप्से परिसूचकमा उच्च वृद्धि भएपनि कारोबार रकम भने सोमवारको भन्दा कम भएको छ । सोमवार रू. ६ अर्ब ५९ करोड ९ लाख २८ हजार बराबरको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर कारोबार भएकामा मंगलवार रू. ५ अर्ब १० करोड ९० लाख ९६ हजार बराबरको १ करोड २ लाख २ हजार २१९ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१६ ओटा कम्पनीको ६३ हजार ५५८ पटकको व्यापारमा भएको हो । मंगलवार सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर कारोबार भएको छ भने शेयरमूल्य पनि यसै कम्पनीको सबैभन्दा बढी बृद्धि भएको छ । अपर तामाकोशी हइड्रोपावरको यसदिन रू. २३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको हो । यसदिन कम्पनीको शेयरमूल्य भने १० प्रतिशत अर्थात् प्रतिकित्ता रू. ७७ ले बढेर अन्तिम मूल्य रू. ८४७ कायम भएको हो । अपर तामाकोशीसँगै यो दिन विशाल बजार कम्पनी , महिला लघुवित्त, युनाइटेड इन्स्योरेन्स, समीट लघुवित्त वित्तीय संस्था, मल्टिपर्पस फिनान्स , ग्लोबल आइएमई लघुवित्त, अरुणभ्याली हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त र युनाइटेड ईदी मर्दी आरबिबि हाइड्रोपावरको शेयरमूल् ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।  यो दिन जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कारोबारमा आएका सबै समूहगत परिसूचक बढ्दा जलविद्युत् समूहको परिसूचक सर्वाधिक ६ दशमलव ४८ प्रतिशत बढेको हो ।  त्यस्तै यसदिन बैंकिङ्गको २ दशमलव ६ प्रतिशत, व्यापारिकको ५ दशमलव ५५ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव १९ प्रतिशत, विकास बैंकको ३ दशमलव ४४ प्रतिशत, वित्तको २ दशमलव ९१ प्रतिशत, निर्जीवन बीमाको ४ दशमलव ४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ४ दशमलव ४९ प्रतिशत, अन्यको ३ दशमलव ६५ प्रतिशत, लघुवित्तको ४ दशमलव ७७ प्रतिशत, जीवन बीमाको ३ दशमलव ४१ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ३४ प्रतिशत र लगानी समूहको ४ दशमलव ६५ प्रतिशत परिसूचक बढेको हो । 

सम्बन्धित सामग्री

१३ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ।...

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अंकले उकालो लागेर दुई हजार एक सय ४३ दशमलव ९३ मा पुगेको छ। आजको कारोबारमा ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५१ अंकले उकालो लागेर चार […]

४.१५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।बिहीबार नेप्से परिसूचक ४.१५ अंक बढेर १८७०.६३ बिन्दुमा बन्द भएको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.९५ अंक, फ्लोट इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले बढेको छ।बिहीबार कारोबारमा आएका २२२ कम्पनीको २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीवार कारोबार रकममा सामान्य सुधार भएको छ। बुधबार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री

११.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : पछिल्ला दुई दिन गिरावट भएको नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेको छ।बुधबार नेप्से परिसूचक ११.३२ अंक बढेर १८६६.४८ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४८ अंक, फ्लोट इण्डेक्स ०.८१ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंकले बढेको छ। बुधबार कारोबारमा आएका २२३ कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलवारको तुलनामा बुधबार कारोबार रकममा पनि सामान्य सुधार भएको छ।बुधबार नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको

३.७६ अंकले बढ्यो नेप्से परिसूचक

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।

७.९३ अंकले बढ्यो नेप्से परिसूचक

चालु आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढेको छ। शुक्रबार नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४७ बिन्दुमा पुगेको हो।  त्यस्तै सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने...

५२.३१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : पछिल्लो दुई हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार वृद्धि भएको छ।बिहीबार नेप्से परिसूचक ५२.३१ अंकले बढेर २ हजार ५६६.९० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ।बिहीबार कारोबारमा आएका २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचक ५० अंकभन्दा बढीले बढे पनि कारोबार रकममा भने खासै सुधार भएको

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

१८ माघ, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १९ दशमलव २९ अंकले बढेर दुई हजार ८९१ दशमलव ३३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९८ अंकले बढेको छ । कारोबार खुलेसँगै मंगलबार बजार घट्ने क्रम शुरू भएको […]

६०.४१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ।अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो। पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा उतारचढाव आउन थालेको छ।आज ठूला कम्पनीको शेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.२९ प्रतिशत, फ्लोट इण्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४६ प्रतिशत बढेको छ।कारोबारमा आएका २४० कम्पनीको ७१ लाख ६० हजार ९८३

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो । चौथो दिन बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । भोलि बिहीबार भने सार्वजनिक बिदा भएकाले कारोबार हुँदैन । साताका शुरुवाती दुई दिन […]