प्रमुख राजनीतिक दलका गतिविधि पार्टी महाधिवेशन र आगामी चुनावमा केन्द्रित देखिन्छन् । महाधिवेशनमा दलहरुको जोडबल पार्टीको नीति भन्दा पनि नेतृत्व र निर्वाचनमा केन्द्रित हुँदै आएको छ । पार्टीको नीतिमाथि मात्र बहस हुँदा जनताको दैनिकी र देश विकासका मुद्दा ओझेल पर्ने गरेका छन् । महाधिवेशनमा राजनीतिक दलले परराष्ट्र एवम् कूटनीति, शिक्षा, स्वास्थ्य जस्ता नागरिकका आधारभूत आवश्यकतामाथि बहस कमैमात्र गर्ने गरेका छन् ।