नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा स्थापित नेपाली सेना कृषि विज्ञान संस्थानले एक वर्ष आठ महिना अध्ययन गरेका ४० जना विद्यार्थीलाई बिदाइ गरेको छ । जिल्लाको बेंसीशहर नगरपालिका २ बगालेगाउँमा रहेको नेपाली सेना कृषि विज्ञान संस्थानले प्रि–डिप्लोमा कोर्सका पहिलो सत्रका विद्यार्थीलाई बिदाइ गरेको हो । विद्यार्थीलाई नेपाली सेना कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी विजय थापा र गण्डकी प्रदेश सीटीईभीटीका निर्देशक प्रमोदभक्त आचार्यले शैक्षिक प्रमाणपत्र प्