गुल्मी : मदन भण्डारी राजमार्गको तम्घास–सिमलटारी सडकखण्डको सेउघामा सडक भासिएको छ।रेसुंगा नगरपालिका–४ सेउघामा सडक भासिँदा सवारीसाधन आवतजावत गर्न जोखिम भएको तम्घास–सिमलटारीका यात्रुले बताएका छन्। एकतर्फी मात्र सवारी चलाए पनि सडक आसपास धेरै चर्किएकाले पहिरो जाने जोखिम बढेको स्थानीयले बताएका छन्।भासिएको सडकनजिकै रहेका नेत्र कुँवर र नर्मदा कुँवरको घर पहिरोको जोखिममा परेको वडाध्यक्ष विजय मरासिनीले जानकारी दिए। गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्