गुल्मी : जिल्ला सदरमुकाम तम्घासदेखि सिमलटारी विस्तार गरिएको सडकलाई अहिले मदन भण्डारी राजमार्ग नामाकरण गरिएको छ। २८ किलोमिटर दूरी रहेको यो सडक कालोपत्रे (पीच) पनि गरिएको छ।राजमार्ग नाम दिइएको र कालोपत्रे पनि गरिएको यो सडक हुँदै यात्रा गर्न पक्कै सजिलो होला भन्ने लाग्नसक्छ। तर, वास्तविकता यो होइन। राजमार्ग भनिएपनि यो सडक हुँदै यात्रा गर्दा यात्रुहरूलाई 'खोलामार्ग' मा यात्रा गरेजस्तो हुन्छ।सो सडकलाई विभिन्न स्थानमा ठूलाठूला खोलाले चिरेको छ। ती खोलामा अहिलेसम्म पूल हालिएक