रुख काट्न ढिलो भएपछि मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित

रुख कटानमा भएको ढिलाइले सुर्खेतखण्डमा मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित भएको छ ।

सम्बन्धित सामग्री

मदन भण्डारी राजमार्ग स्तरोन्नतिको कामले लिँदै छ गति

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका अनुसार हालसम्म ६० प्रतिशत स्तरोन्नतीको काम सकिएको छ ।

निर्माणाधीन मदन भण्डारी राजमार्ग

काठमाडौँ,२४ पुष । सुर्खेत लेकवेशी नगरपालिका–७ को चिंगाडमा निर्माणाधीन मदन भण्डारी राजमार्ग । पछिल्लो समय यसको काम तीव्ररुपमा भइरहेको छ । तस्बिरः सुरेश आचार्य/रासस

मदन भण्डारी राजमार्ग : राजनीतिक स्वार्थले नयाँ विवाद

१४ भदौ, विराटनगर । चुरे क्षेत्रका वस्तीहरुलाई सडक सञ्जालमा जोड्न पाँच वर्षअघि सुरु भएको मदन भण्डारी राजमार्ग निर्माणको काम पूर्वी क्षेत्रमा निराशाजनक रुपमा सुस्त छ । सुनसरीको धरानदेखि झापाको शान्तिनगरसम्मको १२० किलोमिटर निर्माणमा हालसम्म ३० प्रतिशत मात्र काम भएको छ । तीन वर्षयता त निर्माणको काम ठप्प प्रायः छ । जबकी, यो राजमार्ग आर्थिक वर्ष […]

मदन भण्डारी राजमार्ग मर्मतका लागि पालिका अध्यक्षसहितका जनप्रतिनिधि श्रम शिविरमा

संघीय सरकारले प्राथमिकता कम दिएर बजेट समेत ह्वात्तै घटाएपछि मदन भण्डारी राजमार्ग (बसन्तपुर–गुफा–साँघु–ढुङ्गेसाघु–दोभान खण्ड) को मर्मतका लागि ताप्लेजुङको मैवाखोला गाउँपालिकाका जनप्रतिनिधिको अगुवाइमा‘बृहत्त जनश्रमदान शिविर’चलाइएको छ।...

बजेट अभावमा मदन भण्डारी राजमार्ग

झण्डै दुई वर्ष अवधि बाँकी हुँदा मदन भण्डारी राजमार्गको एक तिहाइ निर्माण सकिएको छ । वर्षेनी न्युन बजेट बिनियोजन भइरहँदा राजमार्ग बनाउने लक्ष्य लिइएको अवधिमा सम्पन्न गर्न चुनौतीपूर्ण देखिएको छ । चालु आवमा सरकारले दुई अर्ब ८० करोड बिनियोजन गरेको मदन भण्डारी राजमार्ग आयोजनाले जनाएको छ । हालसम्मको भौतिक र वित्तिय प्रगति ३३ प्रतिशत पुगेको छ । यस वर्षको बजेट न्युन छ र आगामी वर्षका लागि पनि त्यही अनुपातमा छुटाउने देखिएको आयोजना प्रमुख अशोक तिवारीले बताए । उनले भने, “वर्षेनी चाहिनेभन्दा अति कम

मदन भण्डारी राजमार्ग : रुख काट्ने प्रक्रिया ढिलो हुँदा समस्या

झापा - मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य अहिलेसम्ममा १२ प्रतिशत मात्र सम्पन्न भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ । धरानदेखि पूर्वमेचीसम्मको करिब १२५ किमी सडक खण्डमध्ये ६३ किलो मिटरको ठेक्का व्यवस्थापन भइसकेको कार्यालयका सूचना अधिकारी सजित शर्माले बताउनुभयो । सर्दुखोलादेखि बेलडाँगीसम्म ५३ किलोमिटर र शान्तिगरदेखि बाहुनडाँगीसम्मको १० किलोमिटरको ठेक्का निर्माण व्यवसायी श्री श्रेष्ठ–मोतिदान जेभी काठमाण्डौले लिएको छ । तीन प्याकेजमा ठेक्का लिएको जेभीले अहिलेसम्म कुल भौतिक ...

मदन भण्डारी राजमार्ग : धरान खण्डको निर्माण तीव्र

धरान । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान खण्डमा धमाधम निर्माण भइरहेको छ । सर्दु खोलादेखि पूर्वझापाको शान्तिनगरसम्म अहिले प्याकेजमा निर्माण भइरहेको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत धरान खण्डमा पर्ने राजमार्गको धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहितको टोलीले निरीक्षण गरेको छ । टोलीमा मेयर राईसहित ठेकेदार कम्पनीका इञ्जियर पनि निरीक्षणमा सहभागी थिए । धरान उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठका अनुसार सर्दु खोलाको पुल र पूर्वबाट आउने राजमार्गको एलाइन्मेन्टमा करिब ५ सय मिटर जति तल माथि परेको छ । यस विषयमा पनि अनुगमनको क्रममा छलफल भएको जानकारी उनले दिए । त्यस क्षेत्रका स्थानीयवासीले दिएको वैकल्पिक विषयमा प्राविधिक दृष्टिले के कति उपयुक्त हुन्छ भन्ने विषयमा पनि छलफल भएको उनले बताए । ‘सडक विभागले तोकेको एलाइन्मेन्ट नै हुन्छ, एलाइन्मेन्ट परिवर्तन गर्दा गाह्रो हुन्छ, कतैकतै विवाद भयो, त्यहाँ बनाउनै सकिएन भने विकल्पबारे सोच्न सकिन्छ, तर त्यस्तो समस्या कतै पनि देखिएको छैन ।’ बीपी कोइराला प्रतिष्ठानको दक्षिणपट्टिको भागबाट जाने बाटोमा जंगल पर्छ । त्यहाँ भएका रूखहरूमा सडक विभागद्वारा टाँचा लगाइसकेको छ । अनुगमनको क्रममा ठाउँठाउँमा कल्भर्ट निर्माण गरिरहेको पनि भेटिएको थियो । आयोजना तथा सम्बन्धित कर्मचारीसँग पहिलोपटक विस्तृत रूपमा भेटेरै छलफल गर्ने र संयुक्त रूपमा अनुगमन गर्ने पहिलो काम भएको धरान उपमहानगरपालिकाले बताएको छ ।

मदन भण्डारी राजमार्ग : आधा काम, आधा अलपत्र

सरकारले महत्त्वाकाङ्क्षी योजनाको रूपमा अघि सारेको मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) को पूर्वी रुटको काम सुरु भएको छ । तर सुनसरी, मोरङ र झापाको अन्तिम बिन्दुबाट काम सुरु भए पनि बीचको रुटमा भने राजमार्ग निर्माणको काम अलपत्र परेको छ ।सुनसरीको धरानको सदुखोलादेखि झापाकोको मेचीडाँगी चोकसम्मको कुल १३० किलोमिटर दुरी छ । जसमा ७३ किलोमिटर सडक मात्र ठेक्का लागेर चालु आर्थिक वर्षबाट निर्माणको काम सुरु भएको छ ।मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले धरानको सदु खोलादेखि झापाको रतुवाखोला र शान्तिनगरदेखि अ

नाम : मदन भण्डारी राजमार्ग, हालत : खोलामार्ग !

गुल्मी : जिल्ला सदरमुकाम तम्घासदेखि सिमलटारी विस्तार गरिएको सडकलाई अहिले मदन भण्डारी राजमार्ग नामाकरण गरिएको छ। २८ किलोमिटर दूरी रहेको यो सडक कालोपत्रे (पीच) पनि गरिएको छ।राजमार्ग नाम दिइएको र कालोपत्रे पनि गरिएको यो सडक हुँदै यात्रा गर्न पक्कै सजिलो होला भन्ने लाग्नसक्छ। तर, वास्तविकता यो होइन। राजमार्ग भनिएपनि यो सडक हुँदै यात्रा गर्दा यात्रुहरूलाई 'खोलामार्ग' मा यात्रा गरेजस्तो हुन्छ।सो सडकलाई विभिन्न स्थानमा ठूलाठूला खोलाले चिरेको छ। ती खोलामा अहिलेसम्म पूल हालिएक

निर्माणाधीन हेटौडा–सिन्धुली–चतरा राजमार्गमा राजनीतिक दल र जनप्रतिनिधिको अवरोध

निर्माणाधीन हेटौडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग) सडकको निर्माण कार्य अन्योल भएको छ ।