झापा - मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य अहिलेसम्ममा १२ प्रतिशत मात्र सम्पन्न भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।
धरानदेखि पूर्वमेचीसम्मको करिब १२५ किमी सडक खण्डमध्ये ६३ किलो मिटरको ठेक्का व्यवस्थापन भइसकेको कार्यालयका सूचना अधिकारी सजित शर्माले बताउनुभयो । सर्दुखोलादेखि बेलडाँगीसम्म ५३ किलोमिटर र शान्तिगरदेखि बाहुनडाँगीसम्मको १० किलोमिटरको ठेक्का निर्माण व्यवसायी श्री श्रेष्ठ–मोतिदान जेभी काठमाण्डौले लिएको छ ।
तीन प्याकेजमा ठेक्का लिएको जेभीले अहिलेसम्म कुल भौतिक ...