ढुंगेधारालाई काठमाडौँ उपत्यकाको पर्याय मानिन्थ्यो । केही वर्ष अघिसम्म पानी बगिरहेका ढुंगेधारा भएको स्थानमा कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने स्थानमा परिणत भएका छन् । काठमाडौँ क्षेत्रका एक दुई स्थानका बाहेक ढुंगेधारा हराइसकेका छन् । यता पाटनमा रहेका ढुंगेधाराहरु संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन् । ललितपुरको दक्षिण टिकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरू सुक्दै जाँदा यी ढुंगेधाराहरु सुक्न थालेका छन्