नेपाली कांग्रेसका तीन सांसदले दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। गण्डकी प्रदेशमा कोभिड–१९ को जाँच गर्न एक घर एक पिसीआर टेस्ट गर्न माग गर्दै नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले गत असार २३ गते गरेको संकल्प प्रस्ताव विहीबार बसेको प्रदेश सभा बैठकले अस्वीकृत गरेको हो।