काठमाण्डाै – देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज दिउँसाे यी प्रदेशसँगै प्रदेश १ मा पनि पानी पर्ने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।
राति भने गण्डकी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने छ । यी ठाउँमा मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आज र भोलि दिउँसाेको समयमा भन्दा रातको समयमा धेरै पानी पर्ने सम्भावना छ । सामान्यतया मनसुनको समयमा ...